५ क्षेत्रका उम्मेद्वार घोषणा गर्‍यो हाम्रो पार्टीले

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
५ क्षेत्रका उम्मेद्वार घोषणा गर्‍यो हाम्रो पार्टीले

सारांश

  • काठमाडौं, कात्तिक १२ – हाम्रो पार्टीले प्रतिनिधिसभा चुनावका लागि काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ ।
  • काठमाडौं क्षेत्र नं.
  • १ मा मणिन्द्र उपाध्याय, २ मा शोभिता घिमिरे, ३ मा गीता शर्मा, ४ मा  दीप बिक्रम बिस्ट र ५ मा करमविर बस्नेत (के.

काठमाडौं, कात्तिक १२ – हाम्रो पार्टीले प्रतिनिधिसभा चुनावका लागि काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ । काठमाडौं क्षेत्र नं. १ मा मणिन्द्र उपाध्याय, २ मा शोभिता घिमिरे, ३ मा गीता शर्मा, ४ मा  दीप बिक्रम बिस्ट र ५ मा करमविर बस्नेत (के.वि.) ले उम्मेदवारी दिने हाम्रो पार्टीले जनाएको छ ।

हाम्रो पार्टीले एक व्यक्ति एक पद, आन्तरिक चुनावबाट उम्मेदवार छनौट, उम्मेदवारलाई राजनैतिक मुद्दा छनौटमा छुट लगायतका उदार नीति अबलम्बन गरेको जनाएको छ ।

त्यस्तै १२ कक्षासम्म निशुल्क शिक्षा, सरलिकृत  कर प्रणाली, एक घण्टामा नै ब्यबसाय दर्ता र आर्थिक अवस्थाको आधारमा आरक्षण जस्ता नीति अबलम्बन हुनु पर्ने मान्यता राखेको छ ।

(https://boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?