एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०८०
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।
  • एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संघीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताए।

काठमाडौं। नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संघीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताए।

जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उम्मेदवार बन्न पाइने व्यवस्था गरेको छ। उनका अनुसार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने गरेर मापदण्ड बनाइएको छ।

जिल्ला अधिवेशन तोकिएको अवस्थामा अधिवेशनका लागि उम्मेदवार र प्रतिनिधि छनोटको मापदण्ड बनाई प्रदेश तथा जिल्ला कमिटीलाई पठाइसकेको उनले जानकारी दिए। यस्तै जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन कम्तीमा पार्टी सदस्य भएको पाँच वर्ष पुगेको र एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सोसरहको भूमिका निर्वाह गरेको हुनुपर्ने उल्लेख गरिएको छ।

यस्तै जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको कम्तीमा तीन वर्षको समयावधि पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने एमालेले मापदण्ड बनाएको छ।

यस्तै एमालेले जिल्ला कमिटीमा सहभागी हुने प्रतिनिधिकोसमेत मापदण्ड बनाएको छ। एमालेले जिल्ला कमिटीमा १५ प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व गर्न निर्देशन दिएको छ। प्रतिनिधि हुनका लागि कम्तीमा दुई वर्ष पार्टी सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको छ। एमाले केन्द्रले आगामी जेठभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी
१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी
आज २१ सय ११ डिस्चार्ज, १३४३ संक्रमित थप
आज २१ सय ११ डिस्चार्ज, १३४३ संक्रमित थप
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
भारतमा कोरोना संक्रमितको संख्या नौ लाख नाघ्यो
भारतमा कोरोना संक्रमितको संख्या नौ लाख नाघ्यो
औषधि सेवनबाट गर्भपतन गराउने बढे : प्रजनन स्वास्थ्यमा नकारात्कम असर
औषधि सेवनबाट गर्भपतन गराउने बढे : प्रजनन स्वास्थ्यमा नकारात्कम असर
तनुश्रीको दाबी-कैयौं पटक हत्या प्रयास भयो
तनुश्रीको दाबी-कैयौं पटक हत्या प्रयास भयो
अब काठमाडौँ उपत्यका भित्रिनेले अनिवार्य २ हप्ता क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र
अब काठमाडौँ उपत्यका भित्रिनेले अनिवार्य २ हप्ता क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र
राजविराज रङ्गशालामा आगलागी, सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
राजविराज रङ्गशालामा आगलागी, सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
डोटीमा बलात्कार, काठमाडौंमा गर्भपतन, बलात्कार गर्ने शिक्षक धरौटीमा रिहा

तपाईंले छुटाउनुभयो कि?