बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी, वाम र लोकतान्त्रिकमा बागी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
३६ पटक हेरिएको
Shares
बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी, वाम र लोकतान्त्रिकमा बागी

सारांश

  • बाँके, कात्तिक १७ – आउँदो मंसिर २१ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा चुनावका लागि बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी परेको छ ।
  • बिहीबार भएको उम्मेदवारी मनोनयनमा बरिष्ठ पत्रकार शिव डोटेल र डा.
  • बिनोद कर्णले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराउनुभएको छ ।

बाँके, कात्तिक १७ – आउँदो मंसिर २१ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा चुनावका लागि बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी परेको छ ।

बिहीबार भएको उम्मेदवारी मनोनयनमा बरिष्ठ पत्रकार शिव डोटेल र डा. बिनोद कर्णले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराउनुभएको छ । डोटेलले प्रतिनिधिसभामा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी पत्रकार वीरेन्द्रप्रकाश पुनले नयाँ शक्ति पार्टीबाट बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्का पत्रकार आशिष गुप्ता क्षेत्र नम्बर २ को प्रदेश १ बाट राजपाका तर्फबाट उम्मेदवार बन्नुभएको छ ।

यसैगरी डा. कर्णले विवेकशिल साझा पार्टीबाट बाँके क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट उम्मेदवारी दिनुभएको छ ।  नेपाली एक्सप्रेस दैनिकका सम्पादक डोटेल प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष र नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद  हुनुहुन्छ । पुन नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद र प्लाष्टिक सर्जन डा. कर्ण नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सक हुनुहुन्छ ।

वाम र लोकतान्त्रिकमा बागी

बाँकेमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन गरी दुबै तर्फ वागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका नेता कृष्ण कार्कीले प्रतिनिधीसभामा क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिनुभएको छ । सो क्षेत्रमा कांग्रेसका माधवराम खत्री उम्मेदवार हुनुहुन्छ ।

यसैगरी नेकपा माओवादीका आधिकारिक उम्मेदवार महेश्वर जंग गहतराजको बिरोधमा नेता सबिर खाँ, सुरेशकुमार चौधरीले वागी उम्मेदवारी दिनुभएको छ ।

यसैगरी क्षेत्र नम्बर १ को प्रदेश १ मा माओवादी केन्द्रका कृष्ण केसीको बिरोधमा माओवादीका अमर खड्का र दुर्गाप्रसाद चौधरीले बागी उम्मेदवारी दिनुभएको छ ।

नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाले २०४८ देखि २०७० सम्म प्रतिष्पर्धा गर्दै आएको बाँके क्षेत्र नम्बर २ मा यसपटक कांग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई समर्थन गरेको छ । यहाँ कांग्रेसका धु्रब दाहालले बागी उम्मेदवारी दिनुभएको छ ।

यसैगरी नेकपा एमालेका पशुपति दयाल मिश्राको बिरोधमा एमाले निकट प्रेस चौतारीका पूर्व उपाध्यक्ष शिब डोटेलले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नम्बर २ मा माओवादीका मुगबहादुर शाहले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।  क्षेत्र नम्बर २ को प्रदेश १ बाट संघीय समाजवादी फोरमबाट उम्मेदवार हुनुभएका विजयबहादुर यादवकी पत्नी सरोजकुमारी यादव पनि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । अन्यले बागी उम्मेदवारी दिए पनि यादवले भने चुनावमा सेवा सुविधाका लागि पत्नीलाई स्वतन्त्र उम्मेदवार बनाएको चर्चा छ ।

क्षेत्र नम्बर ३ ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका बाबुराम गौतमको बिरोधमा माओवादी केन्द्रका विजय पाठकको बागी उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशैभर मौसम कस्तो होला ?
आज देशैभर मौसम कस्तो होला ?
अबदेखि सातै प्रदेशबाट स्मार्ट लाइसेन्स
अबदेखि सातै प्रदेशबाट स्मार्ट लाइसेन्स
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
दाङमा एकैपटक नौ पुल निर्माण
दाङमा एकैपटक नौ पुल निर्माण
जिउँदो छु भन्न र गरिब छु भन्न पनि ‘कर’!
चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज
सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
शिक्षा मन्त्रालयका ७५ जना उप–सचिवहरू जिम्मेवारी  बिहिन
शिक्षा मन्त्रालयका ७५ जना उप–सचिवहरू जिम्मेवारी  बिहिन

तपाईंले छुटाउनुभयो कि?