धान उत्पादनमा पचास प्रतिशतले कमी

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
धान उत्पादनमा पचास प्रतिशतले कमी

सारांश

  • लहान, २५ कात्तिक : गत साउन भदौमा आएको बाढी पहिरोका कारण सिरहामा यस वर्ष धान उत्पादनमा करिब ५० प्रतिशतले कमी आउने भएको छ ।
  • जिल्ला कृषि विकास कार्यालयका अनुसार धान रोपाइँको समयमा आएको बाढीपहिरो, धानको वृद्धि विकास हुने समयमा पर्याप्त वर्षा नभएको र रोग किराको प्रकोप समेत बढ्ेकाले गत वर्षको तुलनामा यस वर्ष करिब एक लाख मेट्रिक टन धान कम उत्पादन हुने अनुमान गरिएको छ ।
  • जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष ४७ हजार ९९८ हेक्टर जमिनमा धान रोपाइँ भएकोमा प्रतिहेक्टर दुई मेट्रिक टनका दरले ९६ हजार मेट्रिक टन धान उत्पादन हुने बताउनुभयो ।

लहान, २५ कात्तिक : गत साउन भदौमा आएको बाढी पहिरोका कारण सिरहामा यस वर्ष धान उत्पादनमा करिब ५० प्रतिशतले कमी आउने भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार धान रोपाइँको समयमा आएको बाढीपहिरो, धानको वृद्धि विकास हुने समयमा पर्याप्त वर्षा नभएको र रोग किराको प्रकोप समेत बढ्ेकाले गत वर्षको तुलनामा यस वर्ष करिब एक लाख मेट्रिक टन धान कम उत्पादन हुने अनुमान गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष ४७ हजार ९९८ हेक्टर जमिनमा धान रोपाइँ भएकोमा प्रतिहेक्टर दुई मेट्रिक टनका दरले ९६ हजार मेट्रिक टन धान उत्पादन हुने बताउनुभयो ।

आव २०७३÷७४ मा ५६ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर साढे तीन मेट्रिक टनको दरले एक लाख ९६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष धान उत्पादन ह्वात्तै घट्ने भएकाले जिल्लामा खाद्य संकट हुनसक्ने खतरा रहेको यादवको भनाइ छ ।

सिरहामा कुल ६० हजार ७५७ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेको छ । सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मतीलगायतको धान व्यापकरुपमा लगाउने गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?