रुकुममा विप्लव समूह परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
सारांश
- रुकुम , मंसिर ५ नेकपाका जिल्ला समिति पश्चिम रुकुमका सदस्य हरिशंकर पाण्डेले सोमबार पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
- मुसीकोट नगरपालिका वडा नं.
- ९ चौखावाङ होल्तारामा सोमवार आयोजित वाम गठवन्धनको चुनावी कार्यक्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
रुकुम , मंसिर ५ नेकपाका जिल्ला समिति पश्चिम रुकुमका सदस्य हरिशंकर पाण्डेले सोमबार पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
मुसीकोट नगरपालिका वडा नं. ९ चौखावाङ होल्तारामा सोमवार आयोजित वाम गठवन्धनको चुनावी कार्यक्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जनयुद्धकालीन भूमिगत राजनीति समेत गरेका पुराना कम्युनिष्ट नेता पाण्डेलाई माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य वसन्त शर्माले अबिर आवरण तथा माल्र्यापण गरी पार्टी प्रवेश गराएका हुन् । नेता पाण्डेसँगै आधा दर्जन अरु नेता कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विप्लव समूह परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका पाण्डेले बृहत वामएकता मार्फत नेपालमा समाजवादी क्रान्तिलाई टेवा पुर्याउने उद्देश्यले आफूले माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।
पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले आफूले विगतदेखि नै क्रान्तिकारी धाराको कम्युनिष्ट आन्दोलनमा श्रम र पसिना खर्चेको बताउँदै भ्रमवश विप्लवको पछि लागेका सबै नेता कार्यकर्ताहरु क्रान्तिकारी धारामा गोलवन्द हुने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा काँग्रेसमा आवद्ध कार्यकर्ताहरु पनि रहेका छन् । नेपाली काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा मुसीकोट नगरपालिका वडा नं. ९ साविक चौखावाङ गाविस वडा नं. १ का सरिता ओली, सुभद्रा खड्का, झुपा ओली लगायत रहेका छन् । उनिहरुले श्रमजीवी वर्गको हित कांग्रेसबाट सम्भव नभएकोले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य वसन्त शर्मा कुशलले क्षमता अनुसार सम्मानजनक जिम्मेवारी दिई पार्टीमा क्रियाशील गराउने बताए ।
Udhav Upreti
Sai bato khojaunu ta ramro ho.
यादब राजगुरु सल्यानि
सहीगर्नु भो स्वागत छ
Bijay Gm
swaagata chha