राष्ट्रपतिले बोलाईन् नेतालाई शितल निवास

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २, २०७३
|
|
२४१ पटक हेरिएको
Shares
राष्ट्रपतिले बोलाईन् नेतालाई शितल निवास

सारांश

  • यहि साताभित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सरकारले बताइरहेपनि दलहरु बीचमा हुनुपर्ने न्युनतम सहमति भएको छैन ।
  • जसका कारण निर्वाचनको मिति घोषणा हुने हो वा होइन ?
  • मिति घोषणा भएपनि चुनाव हुने वा नहुने भन्ने विषयमा आम सर्वसाधारणमा चासो बढको छ ।

यहि साताभित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सरकारले बताइरहेपनि दलहरु बीचमा हुनुपर्ने न्युनतम सहमति भएको छैन । जसका कारण निर्वाचनको मिति घोषणा हुने हो वा होइन ? मिति घोषणा भएपनि चुनाव हुने वा नहुने भन्ने विषयमा आम सर्वसाधारणमा चासो बढको छ । फागुनको पहिलो साता मिति घोषणा गरेर जेठको पहिलो साता स्थानीय चुनाव गराउने सरकारका प्रधानमन्त्रीदेखि मन्त्री समेतले दिनहुँजसो बताउने गरेपनि प्रमुख विपक्षी दल र सत्ता साझेदार दलहरुवीचमै कुरा नमिल्दा सरकारले चुनावको मिति घोषणा गर्न सकिरहेको छैन ।

जसका कारण राजनीतिक अन्यौलता बढ्दै गएको छ । संविधान संशोधन लगायतका महत्वपुर्ण बिषयमा दलहरुवीच सहमति हुन नसक्दा राजनीतिक अन्योलता बढेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो देखाउन थालेकी छन् । उनले सोमबार प्रमुख दलहरुलाई सहमतिको प्रयास के भइरहेको छ भनेर बुझ्न र छलफल गर्नका लागि राष्ट्रपति निवासमा बोलाएकी छन् ।

शितलनिवासमा अपरान्ह चार बजेपछि हुने छलफलमा भण्डारीले प्रमुख दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र साना केही दलका शीर्ष नेतालाई बोलाएकी हुन् । यसअघि बिभिन्न दलका शीर्ष नेतालाई छुट्टाछुट्टै छलफल गरेकी राष्ट्रपति भण्डारीले सोमबार भने सामुहिक छलफल गर्न लागेकी हुन् ।

दलीय सहमति गरि निर्वाचन घोषणामा ढिलाईभएको प्रति चासो व्यक्त गर्दै आएकी राष्ट्रपति यादवले यसअघि दलहरुसंग छुट्टाछुट्टै छलफल गरेपनि दलहरुले सहमति जुटाएरै चुनावको मिति घोषणा गर्ने बताउदै आएका थिए ।

सरकारले जेठभित्र स्थानीय निर्वाचन गर्नेगरी मिति घोषणा गर्ने भनेपनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेसँग सहमति जुटाउन सकेको छैन ।

(https://teledentistry.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेतृत्व चयनमा खुला प्रतिस्पर्धा ‘विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयको सूचना’
नेतृत्व चयनमा खुला प्रतिस्पर्धा ‘विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयको सूचना’
हुम्लामा हिमपात
हुम्लामा हिमपात
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
बिरामी बिदा लिएर प्रेमिका भेट्न विदेशमा उपसचिव !
बिरामी बिदा लिएर प्रेमिका भेट्न विदेशमा उपसचिव !
नवनियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सपथ आइतबार हुने
नवनियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सपथ आइतबार हुने
आईपीएल : वर्षा प्रभावित ५–५ ओभरमा खेलाइएको खेलमा डिभिलियर्सको छक्काको वर्षात
आईपीएल : वर्षा प्रभावित ५–५ ओभरमा खेलाइएको खेलमा डिभिलियर्सको छक्काको वर्षात
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
सुरुङमार्ग : जग्गा अधिग्रहण आनाको ९ लाख रुपियाँदेखि ४२ सम्म
सन्दिपले दिल्लीमा किन लगाउन पाएनन् २५ नम्बरको जर्सी?
सन्दिपले दिल्लीमा किन लगाउन पाएनन् २५ नम्बरको जर्सी?
एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो
एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो