चुनावका लागी भन्दै हिल्सा नाका बन्द
सारांश
- हुम्ला ८ मंसिर सुरक्षा लाइ मध्यनजर गर्दै हुम्लाको हिल्सा नाका बन्द गरिएको छ ।
- बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
- नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् ।
हुम्ला ८ मंसिर सुरक्षा लाइ मध्यनजर गर्दै हुम्लाको हिल्सा नाका बन्द गरिएको छ ।
बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् ।
जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु मतपेटिकाहरु र मतपत्रसहित पुगिसकेकोले निर्वाचन मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताए ।
हुम्लामा म्यादी प्रहरी नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।
हुम्ला जिल्लाको सुरक्षा संयन्त्र कडा बनाइएको र निर्वाचनमा मतदाताले ढुक्कसँग मतदान स्थलमा आएर मतदान गर्न सक्ने प्रजिअ बाँस्कोटाले बताए ।
जिल्लाका १५ वटा मतदान स्थल अतिसंवेदनशील, १६ वटा संवेदनशील र २१ वटा सामान्य रहेका छन् ।
प्रतिक्रिया