दाङ विष्फोटनमा घाइते प्रहरीको मृत्यु
सारांश
- दाङ, मंसिर १३ – दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको मृत्यु भएको छ।
- म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
- मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइेत चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।
दाङ, मंसिर १३ – दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको मृत्यु भएको छ।
म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइेत चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर मंगलबार अज्ञात समूहले गराएको विस्फोटमा आठजना घाइते भएका थिए । कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेपाली कांग्रेसका नेताहरुले सम्बोधन गरेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया