उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण

सारांश

  • १३ मंसिर ।
  • उत्तर कोरियाले फेरि अर्को लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।
  • अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो ।

१३ मंसिर । उत्तर कोरियाले फेरि अर्को लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो ।

सो मिसाइल एक हजार किलोमिटरको दुरी पार गर्दै जापान सागरमा खसेको दावी गरिएको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिणी प्योंगान प्रान्तको प्योंगयाङ्गबाट मिसाइल हानिएको थियो ।

अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले उत्तर कोरियाको यस कदमले विश्व नै खतरामा परेको प्रतिक्रिया दिएका छन् ।

यस परीक्षणलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै स्थिति सम्हाल्ने बताए । ट्रम्पले भनेका छन्, ‘सायद तपाईंले सुन्नु भएको होला र केहीले रिपोर्ट पनि दिएका छन्, केही समय अघि उत्तर कोरियाबाट मिसाइल हानिएको छ । हामी केबल यत्तिमात्रै भन्न चाहान्छौं कि हामी यसको ध्यान राख्ने छौं । मेरो साथमा रक्षामन्त्री मेटिस पनि हुनुहुन्थ्यो । यसबारे हाम्रो लामो कुराकानी भयो । यो एक यस्तो स्थिति हो जसलाई हामी सम्हाल्न सक्छौं ।’

बीबीसीका अनुसार मिसाइल कति टाढासम्म पुग्यो र यो जापानको माथिबाट उडेर गयो कि गएन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । यसै वर्ष उत्तर कोरियाले जापानको माथिबाट मिसाइल प्रहार गरेको थियो ।
जापानमा आपतकालीन बैठक

यसैबीच जापानले पनि उत्तर कोरियाको पछिल्लो मिसाइल परीक्षणप्रति तीखो प्रतिक्रिया दिएको छ । यस परीक्षणपछि प्रधानमन्त्री शिन्जो आबेले मन्त्रीमण्डलको आपतकालीन बैठक बोलाएका छन् ।

जापानी सरकारका प्रवक्ता योशीहिडे सुगाले भने, ‘उत्तर कोरियाको पश्चिम तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरिएको छ र यो हाम्रो विश्व आर्थिक क्षेत्रमा खसेको छ । यसको हामी जोडदार विरोध गर्दछौं ।’

हाल उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ । जसमा उसको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल पनि शामेल छ । यस परीक्षणसँगै उत्तर कोरियाले आफ्ना छिमेकी देश र अमेरिकासँग पनि तनाव बढाइरहेको छ ।

यसअघि सेप्टेम्बरमा उत्तर कोरियाले आफ्नो छैठौं परमाणु परीक्षणको केही दिनपछि व्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

(https://bestsellerpublishing.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा
ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा
गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित
गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
बढ्दै दुर्घटना, पढ्दै चालक -नारायण ढुङ्गाना
बढ्दै दुर्घटना, पढ्दै चालक -नारायण ढुङ्गाना
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
शुक्रवार तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा
शुक्रवार तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
ओरालो लाग्न थाल्यो सुनको मूल्य
ओरालो लाग्न थाल्यो सुनको मूल्य
के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?
के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?
इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य !
इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य !

तपाईंले छुटाउनुभयो कि?