दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !

सारांश

  • मंसिर २०, काठमाण्डौ ।
  • दाङको तलसीपुर नगरपालिका १ मा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप भएको छ ।
  • झडपमा परी १२ जना घाइते भएका छन् ।

मंसिर २०, काठमाण्डौ । दाङको तलसीपुर नगरपालिका १ मा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी १२ जना घाइते भएका छन् । स्थिती तनाबग्रस्त भएको छ भने घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । अहिले प्रहरी घटनास्थलतर्फ जाँदैछन् ।

दुवै तर्फका कार्यकर्ताले मतदातालाई पैसा बाँडेको आरोप लगाएका छन् । कांग्रेस कार्यकर्ताले वाम गठबन्धनका उम्मेदवारले मतदातालाई पैसा बाँड्न लागेपछि झडप भएको बताएका छन् । उता वाम गठबन्धनका कार्यकर्ताले भने कांग्रेसका उम्मेदवारले मतदातालाई पैसा बाँड्न लागेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?