प्युठानमा अखिलका नेता माथी हातपात

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १७, २०७३
|
|
२०८ पटक हेरिएको
Shares
प्युठानमा अखिलका नेता माथी हातपात

सारांश

  • सलिम अन्सारी प्युठान, १७ फागुन प्युठानमा अखिलका नेता माथी हातपात भएको छ।
  • मंगलबार बिहान सदरमुकाम स्थित प्युठान क्यामपसमा नेविसंघका कार्यकर्ताद्वारा एमाले निकट अनेरास्वबियुका केन्द्रीय सदस्य एव राप्ती अञ्चल इन्चार्ज बिनोद भण्डारि र बिप्लब समूह निकट अनेरास्वबियु क्रान्तिकारीका जिल्ला अद्यक्ष यांक पुन माथी हातपात भएको हो।
  • स्वबियु निर्बाचन नजिकिदै गर्दा क्याम्पसमा निर्बाचन प्रणाली र निर्बाचनलाइ शान्तिपुर्ण ढङ्गाले सम्पन्न गर्ने बिषयमा क्याम्पस प्रमुखको कार्यकक्षमा जान लागेका बेला नेबि संघका कार्यकर्ताले थुनछेक र हातपात गरेका हुन्।

सलिम अन्सारी

प्युठान, १७ फागुन

प्युठानमा अखिलका नेता माथी हातपात भएको छ। मंगलबार बिहान सदरमुकाम स्थित प्युठान क्यामपसमा नेविसंघका कार्यकर्ताद्वारा एमाले निकट अनेरास्वबियुका केन्द्रीय सदस्य एव राप्ती अञ्चल इन्चार्ज बिनोद भण्डारि र बिप्लब समूह निकट अनेरास्वबियु क्रान्तिकारीका जिल्ला अद्यक्ष यांक पुन माथी हातपात भएको हो।

स्वबियु निर्बाचन नजिकिदै गर्दा क्याम्पसमा निर्बाचन प्रणाली र निर्बाचनलाइ शान्तिपुर्ण ढङ्गाले सम्पन्न गर्ने बिषयमा क्याम्पस प्रमुखको कार्यकक्षमा जान लागेका बेला नेबि संघका कार्यकर्ताले थुनछेक र हातपात गरेका हुन्।

अनेरास्वबियुका केन्द्रीय सदस्य भण्डारिले आफुहरु क्याम्पस प्रसासन भित्र जाँदै गर्दा नेबिसंघका कार्यकर्ताले आक्रमण गरेको बताए।”नेबि संघका कार्यकर्ताले दादागिरी गरे।” उनले टेलिफोनमा भने’ तिमिहरु भित्र छिर्न पाउदैनौ भनेर हामिलाइ रोक्न खोजियो।” आफुहरु माथी हातपात हुदा पनि प्रहरी रमिते बनेर बसेको अखिल क्रान्तिकारी(बिप्लब)का जिल्ला अध्यक्ष याँक पुनले बताए। यसै बिच अखिलका नेताहरु माथी भएको आक्रमणको घटनाको भर्तसना गरिएको छ।अनेरास्वबियु र अनेरास्वबियु क्रान्तिकारी(बिप्लब)ले संयुक्त रुपमा बिज्ञप्ती  जारी गरि दादागिरी शैलिमा उत्रीएर स्वबियु कब्जा गर्ने सपना नदेख्न चेतावनी समेत दिएका छन। विज्ञप्तीमा कमजोर ठानेर आक्रमणलाइ निरन्तरता दिने प्रयास भए यस्ता अराजक गतिविधि विरुद्ध आफुहरुकडा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छ भनिएको छ।

नेता माथि कुनैपनि वहानामा हुने हस्तक्षेप रोक्न सरकारसंग माग गर्दै घटनाका दोशीलाइ तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन समेत उनिहरुले सरकारसंग अपिल गरेको छन। आज दिनभरमा दाेषिलाई पक्राउ नगरिए जुनसुकै अान्दाेलन गर्न तयार रहेकाे पनि बिज्ञपतिमा उल्लेख गरिएको छ।

(https://yellowtail.tech)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?