विमलेन्द्र निधिसँग मत अन्तर बढाउदै राजेन्द्र महतोे
सारांश
- जनकपुर, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेद्वार राजेन्द्र महतो मतअन्तर बढाउदै अघि बढ्नु भएको छ ।
- राजेन्द्र महतो १ हजार २ सय १५ मतले अघि हुनुहुन्छ ।
- जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनामा राजपाका उम्मेदवार राजेन्द्र महतोले ५ हजार २ सय ७७ मत ल्याउनु भएको छ ।
जनकपुर, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेद्वार राजेन्द्र महतो मतअन्तर बढाउदै अघि बढ्नु भएको छ । राजेन्द्र महतो १ हजार २ सय १५ मतले अघि हुनुहुन्छ ।
जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनामा राजपाका उम्मेदवार राजेन्द्र महतोले ५ हजार २ सय ७७ मत ल्याउनु भएको छ । निधिले भने ४ हजार ६२ मत ल्याउनु भएको छ । मतगणना भइरहेको ठाउँलाई ताराजालीले घेरेर राखिएको छ ।
मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया