बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यको चुनावमा व्यस्त भईरहँदा नेपालमा प्रदेश र प्रतिनिधिसभाको चुनावको नतिजा सार्वजनिक भैरहेको छ ।
  • कम्युनिष्ट पार्टीहरुको बाम गठबन्धन बहुमततर्फ उन्मुख भइरहेका छन् ।

काठमाडौं, २३ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यको चुनावमा व्यस्त भईरहँदा नेपालमा प्रदेश र प्रतिनिधिसभाको चुनावको नतिजा सार्वजनिक भैरहेको छ । कम्युनिष्ट पार्टीहरुको बाम गठबन्धन बहुमततर्फ उन्मुख भइरहेका छन् । नेपाल मामलालाई सिधा हेरिरहेका प्रधानमन्त्री मोदीले चुनावी नतिजा आएपछि उत्पन्न नयाँ परिस्थितिलाई कसरी लिएका छन् त, यो अहिले चासोको विषय छ ।

 

नेपालको इतिहाँसमा पहिलोपल्ट कम्युनिष्टहरूको बहुमत आउने अवस्था सृजना भएको छ । २०५१ सालको चुनावमा नेकपा एमालेले बहुमत नल्याएपनि अल्पमतको एकल सरकार बनायो । त्यसपछि पटक–पटक एमाले र तत्कालिन नेकपा माले अन्य दलको नेतृत्वको सरकारमा सहभागी भयो । २०६२/६३ को जनआन्दोलनपछि २०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन भयो । त्यसपछि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने । दोस्रो संविधानसभाको चुनावले संविधान जारी गरेपछि केपी शर्मा ओली प्रधानमन्त्री बने । सबै सरकार कम्युनिष्टहरूको बहुमतको सरकार थिएन ।

यसपटकको चुनावी नतिजाले संसदमा कम्युनिष्ट गठबन्धनको सरकार बन्ने अंक पुग्ने लक्षण देखिएको छ । अब बन्न सक्ने कम्युनिष्ट सरकारमा एमाले मुख्य शक्ति हुनसक्छ । विकसित घटनाक्रमलाई नजिकबाट नियालेको भारतले चुनावपछि दुवै कम्युनिष्ट दलका नेताहरू केपी शर्मा ओली र प्रचण्डसँग अग्रिम बधाईसहितका अनौपचारिक कुराकानी गरेको विशेष सूत्रले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिएको छ ।

चुनावको नतिजा सबै नआइसकेकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट औपचारिक बधाई आउन बाँकी छ । मोदीले दिने सन्देशले नेपालको नयाँ राजनीतिक अवस्थाप्रति भारतको आधिकारिक धारणा सार्वजनिक हुन्छ ।

भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाएको सन्देश विगतमा प्रवाह भयो । नाकाबन्दीको घट्नापछि भारतको नेपालका केही नेताहरूसँग सम्बन्ध चिसियो । विशेषगरी नाकाबन्दीविरुद्ध बारम्बार बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसियो । चुनावी नतिजाले ओलीलाई पुनः बलियो बनाएपछि भारतको उनीसँगको सम्बन्ध कस्तो रहने भन्नेबारे समेत चासो बढेको छ । ओलीले भारतसँग सम्बन्ध सुधारमा जोड दिइरहेबाट मोदीबाट आउनसक्ने सन्देशको मर्म त्यस्तै हुनसक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यु १८ महिला साफ च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा !
यु १८ महिला साफ च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा !
अख्तियारले घुस खाने पाठकविरुद्ध मुद्दा चलाउने तयारी
साँढेको आक्रमणबाट वृद्धाको मृत्यु
साँढेको आक्रमणबाट वृद्धाको मृत्यु
साउदीले स्वीकार्याे पत्रकारकाे हत्या
साउदीले स्वीकार्याे पत्रकारकाे हत्या
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना: नदी तटीय र डुबान क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना: नदी तटीय र डुबान क्षेत्रमा सतर्कता अपनाउन आग्रह
आइतबार ५३ संक्रमित थप, ७७ जना डिस्चार्ज
नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु