को हुन् हृदयेश त्रिपाठी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
को हुन् हृदयेश त्रिपाठी

सारांश

  • हृदयेश त्रिपाठीको जन्म वि सं २०१६ साल आषाढ ४ गते कठहवा गाविस गुणेपर्सेनी ३, मा भएको हो ।
  • बुवा हरिशंकर त्रिपाठी र आमा कुन्तीदेवीबाट जन्मिएका त्रिपाठीका दुई छोरी र एक छोरा छन् ।
  • त्रिपाठीले राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गर्नु भएको छ ।

हृदयेश त्रिपाठीको जन्म वि सं २०१६ साल आषाढ ४ गते कठहवा गाविस गुणेपर्सेनी ३, मा भएको हो । बुवा हरिशंकर त्रिपाठी र आमा कुन्तीदेवीबाट जन्मिएका त्रिपाठीका दुई छोरी र एक छोरा छन् । त्रिपाठीले राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गर्नु भएको छ । त्रिपाठी वामपन्थी विचारधाराबाट प्रभावित भई वि सं२०३१ सालदेखि राजनीतिमा सक्रिय हुनुभएको हो ।

नेपाल सदभावना पार्टीबाट तत्कालीन प्रतिनिधिसभा सदस्य समेत भएको त्रिपाठी २०६४ सालको संविधानसभा चुनावमा नवलपरासी क्षेत्र नम्बर ६ बाट विजयी हुनु भएको थियो । तर २०७० सालको चुनावमा भने उहाँ सोही क्षेत्रबाटै पराजित हुनुभएको थियो । तत्कालीन तमलोपाको उपाध्यक्ष तथा संसदीय दलको उपनेता समेत भइसकेका त्रिपाठी राजपाको पनि सहअध्यक्ष भैसक्नुभएको छ ।

उहाँ गणतन्त्रपछि र अघि गरी पटकपटक मन्त्री हुनुभएको छ । उहाँले राजनीति गर्ने क्रममा झण्डै २ वर्ष भूमिगत जीवन, ८ महिना निर्वासन र २१ महिना राजनीतिक बन्दीका रुपमा जेल जीवन बिताउनु भएको थियो । निक्कै चतुर राजनीतिक खेलाडीका रुपमा स्थापित त्रिपाठी पछिल्लो समयमा मधेसवादी शक्तिका तर्फबाट महत्वपूर्ण राजनीतिक निर्णय गर्ने ठाउँहरुमा तथा विभिन्न सरकारमा निरन्तर सहभागी हुनुहुन्छ । पछिल्लो समय राजपा त्यागेर उहाँ एमालेको सूर्य चिन्ह लिएर नवलपरासीबाट उम्मेदवार वन्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
२०० शैयाको किड्नी अस्पताल बनाउने तयारीमा सुमेरु
२०० शैयाको किड्नी अस्पताल बनाउने तयारीमा सुमेरु
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका यी अाठ वटा कलेजमा भर्ना खुल्याे!
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका यी अाठ वटा कलेजमा भर्ना खुल्याे!
नेपालको राजनीतिक परिवर्तनले विश्वको ध्यान आकर्षित : प्रचण्ड
नेपालको राजनीतिक परिवर्तनले विश्वको ध्यान आकर्षित : प्रचण्ड
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
मदन भण्डारीजस्तै हत्या हुन सक्छ : प्रचण्ड
मदन भण्डारीजस्तै हत्या हुन सक्छ : प्रचण्ड
वैशाख ९ गतेको राशिफल यस्तो छ थाहा पाउनुस्
प्रअले विद्यालय भर्ना नगरेको आरोप
प्रअले विद्यालय भर्ना नगरेको आरोप