वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु

सारांश

  • वीरगञ्ज ।
  • वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।
  • प्रहरीका अनुसार बिहान ७ बजेतिरको समयमा उद्योगमा आगलागी भएको हो ।

वीरगञ्ज । वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार बिहान ७ बजेतिरको समयमा उद्योगमा आगलागी भएको हो । आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी  नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू अागाे लागेकाे स्थानभन्दा २-३ सय मिटर परै छन् ।

आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् । उनलार्इ उपचारका लागि गण्डक अस्पतालमा लगिएकाे छ ।

दमकलमा रहेका हवलदार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी भने सम्पर्कविहीन छन् । ग्यास उद्योगभित्र कति मानिस थिए भन्ने पनि खुल्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?