माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
६९ पटक हेरिएको
Shares
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई

सारांश

  • काठमाडौं, ११ पुस ।
  • बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १५ टन भन्दा बढी माछा मरेका छन् ।
  • रिपोर्टर्स क्लब नेपालमा पाण्डे कृषि फर्मले पत्रकार सम्मेलन गरेर बजार अभावका कारण माछा मरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं, ११ पुस । बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १५ टन भन्दा बढी माछा मरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पाण्डे कृषि फर्मले पत्रकार सम्मेलन गरेर बजार अभावका कारण माछा मरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

 

फर्मका संचालक युबराज पाण्डेले भने,‘मैले सरकारसँग सोधेरै यो व्यवसाय गरेको हुँ, माछा उत्पादनको जिम्मा लिएको पहिलो वर्ष र दोस्रो वर्षमा दुःखमात्रै पाईयो, पछिल्लो वर्षमा निक्कै दुःख गरेर माछा उत्पादन गरियो तर आजको दिनमा सरकारले बिषादियूक्त माछाहरु बजारमा खुलेआम बेच्ने वातावरण बनाई दिएको छ, हामीले पोखरीमा उत्पादन गरेको माछालाई उपयूक्त बजार नदिने गर्नाले यस्तो दुरदिनको शिकार हुनुपरेको छ।’

८० वर्षे बाबा ७६ वर्षीया आमालाई बन्दकी राखेर माछा पालन गरेको बताउँदै तत्काल सरकारले पोखरीको माछालाई उपयूक्त बजार दिन नसके आफू आमरण अशसन बस्ने उनले चेतावनी दिए ।

उनले भने,‘मेरो तीन पुस्ता ऋणको एउटै चिहानमा पिसिनुपर्ने बाध्यता आएको छ, अहिले मेरो पोखरीमा ४० टन जिउँदा माछाहरु छन्, १५ टनभन्दा बढि माछा मरिसकेका छन्, यस्तो स्थिति आईलाग्दा मैले आत्महत्या गर्नुको विकल्प छैन।’ उनले अघि थपे,‘मेरो त तीन पुस्ते अब हामी एउटै चिहान हुनेभयांै, एक कार्टुन माछा बोकेर आएको छु, तपाईले खाईदिनुस र सरकारसमक्ष मेरो दुःखलाई सुनाइ दिनुहोस्।’

 

५३ वर्षीय पाण्डेले आफ्नो पैत्तृक सम्पति र बैंकबाट लोन गरि दुई करोड बढिको लगानी गरेको सुनाए । माछा पालनको र बिक्रिको लागि कालिमाटी बजार र कुलेश्वर बजार लगायतका सबै बजार धाएपनि कर्चा कमिशनले गाँजेको दुखेको पोखे ।

कमिसनले नेपाललाई बिहार एक चौक बनाएको प्रतिक्रिया दिदै पाण्डेले भने,‘सरकारले २०३० सम्म नेपाललाई माछामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ, अहिले हामीलाई विस्थापित गर्दैछ, भारतका माछा तराईको एक पोखरीमा राख्ने र नेपाली माछा, विषरहित माछा भन्दै विक्रि गरेका छन्, यस्तो पाराले सरकार २०३० होईन २०६० सालसम्म पनि परनिर्भर भएर बाँच्नुपर्ने हुन्छ।’

विषादीयुक्त माछामा झिंगा नभन्किने र विषादीरहित माछामा झिंगा भन्किने भन्दै ग्राहकलाई विषादीरहित माछा सेवन गर्न उनले अनुरोध गरे । पाण्डेले माछा मरेको विषयमा जिल्ला कृषि कार्यलय नुवाकोटमा यही पुष ३ गते निवेदन दिएको भएपनि यसबारेमा उपर्युक्त कदम नचालेकोमा दुःख व्यक्त गरे ।

६० लाख बैंकबाट ऋण लिएको र ५४ लाखको दाना खुवाई सकेको बताउदै पाण्डे ब्याज तिरेर पछिल्लो पुस्तालाई ऋण नबोकाई मर्ने वातावरण निर्माण गरिदिन सरकारसँग माग गरे ।

कार्यक्रममा रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले किसानहरुले माछा उत्पादन गरिसकेपछि सरकारले बजारको उचित व्यवस्थापन गरिदिनुपर्ने बताए । उनले भने,‘पाण्डेजीको माछा सरकारले बेच्ने वातावरण बनाईदिनुपर्छ, यहाँ जीवनमरणको सवाल छ, सरकारले भनेबमोजिम उहाँले सबै मापदण्ड पूर्याएर मत्यपालन(व्यवसाय) गर्नुभएको छ, तर आज उचित बजार नहुँदा उहाँको यस्तो दयनीय अवस्था छ।’

उनले पाण्डेको विषयमा निकट भविष्यमा नै कृषिमन्त्रीसँग सवालजवाफ गर्ने र यसको समाधान खोज्नेपनि विश्वास दिलाए । त्यस्तै उनले व्यवसायी पाण्डेलाई आमरण अनशन बस्न सक्ने बाध्यताबाट जोगाउन र ज्यान जोगाउनको लागि सरकारलाई जस्तोसुकै दबाब दिन कुनै कसर बाँकी नराख्नेपनि प्रण गरे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Khagendra Joshi

    Hunchha mara hunchha hajur dai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?