लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?

सारांश

  • काठमाडौं, पुस २३ ।
  •  प्रगतिशिल साहित्यकार तथा समालोचक खगेन्द्र संग्रौला कडा शव्दले अरुको निन्दा गर्नका लागि प्रशिद्ध छन् ।
  • उनी आफुलाई मन नपर्ने कित्ताका मानिसलाई भित्तामै पुर्याएर गाली गर्न माहिर छन् ।

काठमाडौं, पुस २३ । प्रगतिशिल साहित्यकार तथा समालोचक खगेन्द्र संग्रौला कडा शव्दले अरुको निन्दा गर्नका लागि प्रशिद्ध छन् । उनी आफुलाई मन नपर्ने कित्ताका मानिसलाई भित्तामै पुर्याएर गाली गर्न माहिर छन् । हालै फेसबुकमा उनले एउटा निकै कडा र आक्रोसले भरिएको स्टाटस लेखेका छन् ।

एमाले अध्यक्ष केपी ओलीको पुरानो र अहिलेको घरको फोटो राख्दै उनले ओली सहित पूर्व राष्ट्रपति डा. रामबरण यादब, झलनाथ खनाल, गोविन्दराज जोशी लगायत धेरैलाई उनीहरुले आफ्नो औषधी उपचारमा देखाइरहेको शैलीप्रति कटाक्ष गर्दै कडा शव्दमा निन्दा गरेका छन् ।

उनले फेसबुकमा राखेको स्टाटस यस्तो छ ।

हिजो तेह्रथुमबाट खाली खुट्टा मधेस झरेर अर्काको घरमा हली बस्या ओली आज छेरपाटे लाग्दा जीवनजल पिउन थाइल्याण्ड उड्छन्१धेरै भाुछैन भुँइसी चढ्ने पुर्व काँग्रेसी रामवरण नेपालमै सम्भव हुने उपचारको लागि राज्यकोष लुट्दै जापान देखि अमेरिकासम्म हान्निएर फर्किएका्रझलनाथले मुत्रनलीको उपचारमा राज्यकोषको एक करोड झ्वाँम पारे्रपुर्व काँग्रेसी तारानाथको अन्डकोष सुन्निदा राष्ट्रको ७० लाख स्वाहा१भ्रस्टचारी गोबिन्दराज जोशी देखि अरबपति सुजातासम्मले उपचारको नाममा राज्यकोष लुटिसकेका छन््रआजकल त जनयुद्ध लडेर आएकाहरु पनि क्रान्तिकारी उपचार गराउन होला,थाइलैण्ड नै धाउन थालेका छन् रे १सधैँ जनता सिटामोल र जीवनजल खान नपाएर मरिरहेका छन् भनेर रोइलो मात्रै मच्चाएर हुन्छ सामाजिक संजालमारुभर्खरै चुनाव भएकै हो्रकुकुरहरुले आची खाए त के बिराएरुगल्ति त जथाभाबी हग्ने जनताकै होइन र रुतर धन्य बाबुराम,तिमीले प्रोस्टेट ग्ल्यान्डको अपरेशन नेपालमै गरायौ,नेपालकै मुस्ताङ म्याक्स चढ्यौ्रइकोनोमिक क्लासको टिकटमै यात्रा गर्यौ्रराज्यले पुर्व भिभिआइपिको नाममा दिएको सुरक्षामा पनि कटौती गर्यौ्रदुर्भाग्य यहाँ चोरलाई चौतारी मिल्छ,साधुलाई शूलिमा चढाइन्छ 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?