सिरहामा युवकलाई खाल्डोभित्र गाडेको सात घण्टापछि जीवितै निकालियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सिरहामा युवकलाई खाल्डोभित्र गाडेको सात घण्टापछि जीवितै निकालियो

सारांश

  • सिरहा, पुस २७ ।
  •   मानिसलाई खाल्टोमा गाडियो भने कति मिनेट बाँच्न सक्छ ?
  • सायद सबैको उत्तर एउटै हुन्छ, दुई-तीन मिनेट।

सिरहा, पुस २७ ।  मानिसलाई खाल्टोमा गाडियो भने कति मिनेट बाँच्न सक्छ ? सायद सबैको उत्तर एउटै हुन्छ, दुई-तीन मिनेट। तर, सिरहाको नवराजपुर गाउँपालिका १ तामासुइया चोकमा एक युवकलाई खाल्टोभित्र गाडेको सात घण्टापछि जीवितै निकालिएको छ ।

विश्वास नै नलाग्न सक्छ । तर खाल्टोभित्रै सात घण्टा बिताएर भारत मधुवनी जिल्ला बसहा गाउँका अन्दाजी २० वर्षीय जितेन्द्र मण्डलले अनौठो कला देखाएका हुन् ।

खाल्डोमा पस्नुअघि उनले मुखको विभिन्न ठाउँमा सुई पनि रोपेका थिए । दिउँसो ३ बजे उनलाई खाल्टोमा गाडिएको थियो। सात घण्टापछि राति १० बजे खाल्टोबाट उनको जीवितै उद्धार गरिएको हो । उनलाई हेर्न स्थानीय सयौँ मानिसको घुइँचो लागेको थियो। उनको अनौठो कलाले सबै चकित भएका छन् ।

स्थानीय जयनाथ यादवका अनुसार मण्डलसहित पाँच जनाको टिम विगत ६ दिन अगाडिदेखि तामासुइयामा विभिन्न अनौठो खेल प्रदर्शन गर्दै आएका छन् । ‘बुधबार अन्तिम दिन ठूलो खाल्टो खनेर मण्डललाई माटोले पुरियो’, उनले भने, ‘हामी गाउँलेलाई डर पनि लागेको थियो । तर उनीहरुले केही हुँदैन भनेपछि गर्न दियौं। सात घण्टापछि खाल्टोबाट मण्डललाई फेरि जीवितै निकालियो ।’

सात घण्टासम्म माटोमा गाडेपछि जोकोही बाँच्न सक्दैन् । उनीहरुले जादु कलाले मानिसलाई सात घण्टासम्म खाल्टोमा राख्ने गरेको नवराजपुर १ का वडाध्यक्ष रामऔतार यादवले बताए । उनले भने, ‘कसैले कल्पना पनि गर्न नसक्ने खेलहरु उनीहरुले गरेर देखाएका छन् ।’

केही खेल जादू र केही निरन्तर अभ्यासको आधारमा उनीहरुले चटक गर्ने गरेका छन्। न ब्रेक, न घण्टी भएको साइकल हात छोडेर चलाउँछन् र सबै दर्शकलाई आश्चर्यचकित पार्छन्। छात्तिमा मोटरसाइकल गुडाउन पनि लगाउँछन् । विभिन्न गीतमा डान्स पनि साइकलमै गर्छन्। यस्ता कैयौं अनौठो खेल गरेर उनीहरुले पैसा कमाउने गरेका छन् ।

विभिन्न अनौठा खेल देखाएपछि उनीहरु राम्रो कमाइ पनि गरिरहेका छन्। उनीहरुले एउटा गाउँमा गएपछि करिब सात दिनसम्म दिउँसो दुई घण्टा र राति दुई घण्टा गरी दैनिक चार घण्टा कला देखाउने गरेका छन् । कला देखाउने सो टिमका मो. रियाजले सात दिन खेल देखाउँदा करिब ५०-६० हजार रुपैयाँ कमाउने गरेको बताए। उनले भने, ‘अनौठा खालका खेल देखाएपछि दर्शक खुसी भएर आफँ पैसा दिन्छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुम्बईमा  पाँच तले भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
मुम्बईमा पाँच तले भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
मन्दिरको पर्खाल बनाउने नाममा पैसा हिनामिना गरेको भेटिएपछि…
म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही
म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही
दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण
दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण
नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर
नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
शुक्रबारदेखि प्रि–बजेट छलफल हुने
शुक्रबारदेखि प्रि–बजेट छलफल हुने
कर नतिरेर भद्र अवज्ञा गर्न देउवाको आग्रह
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन
लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान
लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान

तपाईंले छुटाउनुभयो कि?