राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४
सारांश
- काठमाडौं, माघ ३ ।
- सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रियसभामा दुई पार्टीबीच भागबण्डा मिलाएको छ ।
- राष्ट्रिय सभाका ५६ सिटमध्ये एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागबण्डा मिलेको हो ।
काठमाडौं, माघ ३ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रियसभामा दुई पार्टीबीच भागबण्डा मिलाएको छ ।
राष्ट्रिय सभाका ५६ सिटमध्ये एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागबण्डा मिलेको हो । १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
एकल संक्रमणीय मतको आधारमा चुनाव हुँदा बाम गठबन्धनले राष्ट्रियसभाको ४३ सिट जित्ने भएकाले मात्र यस निर्णय गरिएको नेता पाण्डेले बताए ।
यसअघि भएको भागबण्डाको फर्मुला यस राष्ट्रियसभा सिटमा लागु भएन् । जसमा प्रतिनिधिसभा र प्रदेशसभाको एमाले–माओवादीले ६०–४० को भागबण्डा गरेका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Himu Chhetri
Good
Tg Tg
good