सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता शुरु

सारांश

  • विराटनगर, ४ माघ : राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १०औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको आज यहाँ उद्घाटन गर्नुभयो ।
  • मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलको कोर्टमा शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र दुई विभागीय नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जनाको सहभागिता रहेको छ ।
  • प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिलाको डबल, मिक्स डबल र पुरुष तथा महिलाको टिम इभेन्ट्सका खेल समावेश गरिएको छ ।

विराटनगर, ४ माघ : राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १०औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको आज यहाँ उद्घाटन गर्नुभयो ।

मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलको कोर्टमा शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र दुई विभागीय नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जनाको सहभागिता रहेको छ ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिलाको डबल, मिक्स डबल र पुरुष तथा महिलाको टिम इभेन्ट्सका खेल समावेश गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

आज महिला एकलको पहिलो चरणको खेल सम्पन्न भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?