आज पनि काँग्रेस बैठक बस्दै, हुँदैछ के ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
आज पनि काँग्रेस बैठक बस्दै, हुँदैछ के ?

सारांश

  • काठमाडौं, माघ ५ ।
  • राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनका लागि डाकिएको काँग्रेसको बैठक शुक्रवार पनि बस्ने भएको छ ।
  • नेताहरुले निर्वाचन पराजयको विषय पनि उठान गरेपछि मूल विषयमा छलफलको लागि समय अपुग भएको भन्दै आज पनि बैठक बस्ने भएको हो ।

काठमाडौं, माघ ५ । राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनका लागि डाकिएको काँग्रेसको बैठक शुक्रवार पनि बस्ने भएको छ ।

नेताहरुले निर्वाचन पराजयको विषय पनि उठान गरेपछि मूल विषयमा छलफलको लागि समय अपुग भएको भन्दै आज पनि बैठक बस्ने भएको हो ।

निर्वाचन पछि पहिलो पटक बसेको बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ ।

विहिबार बोल्ने अधिकाँश सदस्यहरुले सभापति देउवा विधान विपरित चलेको भन्दै आपत्ति जनाए । ८५ सदस्यीय काँग्रेसको केन्द्रिय समितिका २९ जनाले विहीवार आफ्नो धारणा राखेका छन् ।

निर्वाचन पराजयको समिक्षा बैठकले एक साता भन्दा बढि समय लिने हुँदा पुन बैठक बस्न लागेको हो । बैठक ११ वजेदेखि प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?