दक्षिणी सुडानमा युद्धविरामको अनुगमन फितलो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
दक्षिणी सुडानमा युद्धविरामको अनुगमन फितलो

सारांश

  • जुबा, ६ माघ ।
  • दक्षिणी सुडानको सरकारले युद्धविराम सम्झौता कार्यान्वयनको प्रभावकारी अनुगमन हुन नसकेको जनाएको छ ।
  • सरकार र विद्रोहीकाबीचमा भएको सम्झौता अनुगमनका लागि बनाइएको निकायबाट सन्तोषजनक काम हुन नसकेको सरकारीपक्षले शुक्रबार जनाएको हो ।

जुबा, ६ माघ । दक्षिणी सुडानको सरकारले युद्धविराम सम्झौता कार्यान्वयनको प्रभावकारी अनुगमन हुन नसकेको जनाएको छ ।

सरकार र विद्रोहीकाबीचमा भएको सम्झौता अनुगमनका लागि बनाइएको निकायबाट सन्तोषजनक काम हुन नसकेको सरकारीपक्षले शुक्रबार जनाएको हो ।

हाल सक्रमण कालको लागि बनेको सरकारका सरकार प्रमुख मार्टीन इलिआ लोमुरोले अनुगमनलाई कडाई गर्न आह्वान गरिने पनि पत्रकारहरुलाई जानकारी दिनुभयो ।

‘विद्रोही पक्षले शान्ति प्रक्रियालाई अगाडी बढाउन चाहेका छन् की पछाडी धकेल्न चाहेका छन् भन्ने बारेमा प्रश्न उठेको छ,” सरकार प्रमुख लोमुरो बताउनु भएको छ ।

युद्धविरामको सम्झौता भएदेखि अहिलेसम्म सरकारी पक्ष ३१ वटा आक्रमण भएको तथ्य उहाँले सार्वजनिक गर्नुभयो ।

शान्ति सम्झौता गरेको विद्रोही पक्ष सुडान पिपुल्स लिबरेसन आर्मीले केहीदिन अगाडी दक्षिणी सुडानको सरकारी पक्षबाट नै युद्धविरामको उलङ्घन भएको आरोप लगाएको थियो ।

पूर्व प्रथम उपराष्ट्रपति रिएक माचार नेतृत्व गरेको विद्रोही समूहले सरकारी पक्षबाट लगातार युद्धविरामको उलङ्घन भइरहेको बुधबार बताएको थियो ।

दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूको रोहबरमा सरकारी पक्ष र विद्रोही पक्षका बीचमा सन् २०१५ को अगस्टमा शान्ति सम्झौता भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?