अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य
सारांश
- जर्मन अटो मेकर कम्पनी ‘बीएमडब्ल्यू’ ले नयाँ पुस्ताको मोटरबाइक निर्माणका लागि नयाँ सोच विकास गरेको छ ।
- सामान्यतया मोटरसाइकल भन्नासाथ कम सुरक्षित सवारी साधन मानिन्छ, किनकि सामान्य लापरवाहीका कारण पनि ढल्न सक्ने भएका कारण यसबाट हुने दुर्घटनाले मानवीय क्षति बढाउने गरेको देखिन्छ ।
- तर ‘बीएमडब्ल्यू’ ले मोटरसाइकलमा रहेको यही कमजोरीलाई हटाउने गरी आफ्नो योजना सार्वजनिक गरेको छ ।
जर्मन अटो मेकर कम्पनी ‘बीएमडब्ल्यू’ ले नयाँ पुस्ताको मोटरबाइक निर्माणका लागि नयाँ सोच विकास गरेको छ । सामान्यतया मोटरसाइकल भन्नासाथ कम सुरक्षित सवारी साधन मानिन्छ, किनकि सामान्य लापरवाहीका कारण पनि ढल्न सक्ने भएका कारण यसबाट हुने दुर्घटनाले मानवीय क्षति बढाउने गरेको देखिन्छ । तर ‘बीएमडब्ल्यू’ ले मोटरसाइकलमा रहेको यही कमजोरीलाई हटाउने गरी आफ्नो योजना सार्वजनिक गरेको छ । अर्थात, उसले नढल्ने खालको मोटरसाइकल बनाउने भएको छ, जसले गर्दा मानवीय क्षतिको सम्भावनाको बारेमा चिन्ता नै गर्नु नपरोस् ।
मोटरसाइकल दुर्घटनामा हुने अधिकांश मानवीय क्षति मोटसाइकल पल्टिनाले हुने गर्दछ । तीब्र गतिको मोटरसाइकल चिप्लिएर वा ठोक्किएर ढल्दा त्यसमा सवार यात्रुको मृत्यु हुने वा अंगभंग हुने सम्भावना अत्यधिक हुन्छ । तर ‘बीएमडब्ल्यू’ ले तयार पारेको योजना अनुसार मोटरसाइकल तयार हुने हो भने त्यो मोटरसाइकल कुनै पनि हालतमा पल्टँदैन । तीब्र गतिमा समेत उक्त बाइक नढल्ने कम्पनीको दाबी छ । उक्त बाइकको नाम ‘मोटोरेड भिजन १ सय’ राखिएको छ । कम्पनीका अनुसार यो बाइक न सडकमा चिप्लने छ, न ढल्ने छ । यो बाइक कहिलेसम्म बजारमा उपलब्ध भइसक्ने हो भन्नेबारे कम्पनीले प्रष्ट पारेको छैन । तर कम्पनीले यो बाइकलाई आफ्नो महत्वाकांक्षी योजनाका रुपमा लिएको बताइएको छ ।
प्रतिक्रिया