चीनमा रोबोट सुरक्षाकर्मी, २८ भाषा पनि बोल्छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
४७ पटक हेरिएको
Shares
चीनमा रोबोट सुरक्षाकर्मी, २८ भाषा पनि बोल्छ

सारांश

  • आधुनिक प्रविधिको निर्माण र प्रयोगमा पछिल्लो समय निकै प्रगति गरेको चीनले सुरक्षा अंगका रुपमा रोबोटलाई प्रयोग गरेको छ ।
  • असाधारण क्षमता भएको रोबोट तयार पारेर चीनले सुरक्षा जाँचमा प्रयोग गर्न थालेको हो ।
  • यो रोबोटले विभिन्न २८ भाषा पनि बोल्न सक्ने जनाइएको छ ।

आधुनिक प्रविधिको निर्माण र प्रयोगमा पछिल्लो समय निकै प्रगति गरेको चीनले सुरक्षा अंगका रुपमा रोबोटलाई प्रयोग गरेको छ । असाधारण क्षमता भएको रोबोट तयार पारेर चीनले सुरक्षा जाँचमा प्रयोग गर्न थालेको हो । यो रोबोटले विभिन्न २८ भाषा पनि बोल्न सक्ने जनाइएको छ । ‘एनबोट’ नाम दिइएको यो रोबोटलाई चीनको दक्षिणी प्रान्त गुआन्डोङ्गको बन्दरगाहमा कस्टम अधिकारीका रुपमा तैनाथ गरिएको छ ।

यो रोबोटले शंकास्पद व्यक्तिको अनुहार पहिचान गरी खतराको सूचना प्रवाह गर्नसक्ने बताइएको छ । यस्तै प्रकृतिको रोबोट शेनझेन अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल तीनमा पनि तैनाथ गरिएको अधिकारीहरुले जनाएका छन् । टर्मिनलमा तैनाथ रोबोटले विमान उडानसम्बन्धी जानकारीसमेत यात्रुलाई दिन सक्ने बताइएको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार चिनियाँ कस्टम विभागले गोंगबेई, हेंगकिन र झोंगशान बन्दरगाहमा यस्ता रोबोट प्रयोगमा आइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?