वाम गठबन्धन भत्काउन मलाई ५ वर्षकै प्रधानमन्त्रीको प्रस्ताव : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
वाम गठबन्धन भत्काउन मलाई ५ वर्षकै प्रधानमन्त्रीको प्रस्ताव : प्रचण्ड

सारांश

  • काठमाडौं, १३ माघ ।
  • पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले वाम गठबन्धन भत्काउन एउटा शक्तिले आफूलाई पाँच वर्षकै लागि प्रधानमन्त्री दिने प्रस्ताव गरेको खुलासा गरेका छन् ।
  • एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै आज दिउँसो अध्यक्ष प्रचण्डले त्यस्तो खुलासा गरेका हुन् ।

काठमाडौं, १३ माघ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले वाम गठबन्धन भत्काउन एउटा शक्तिले आफूलाई पाँच वर्षकै लागि प्रधानमन्त्री दिने प्रस्ताव गरेको खुलासा गरेका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै आज दिउँसो अध्यक्ष प्रचण्डले त्यस्तो खुलासा गरेका हुन् । “मलाई एउटा शक्तिले पाँच वर्षकै प्रधानमन्त्री दिने प्रस्ताव गर्यो, मैले त्यसलाई इन्कार गरें । फेरि त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ । एकता हुन नदिन निकै ठूला प्रयास भए । तर, हामीले एकतालाई जसरी पनि सफल पार्नुपर्छ । त्यसका लागि तपाईहरुजस्तो बौद्धिक समूहको सहयोग चाहिन्छ ।”

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन नदिन कसैले एमालेका र कसैले माओवादी केन्द्रका नेताहरुलाई उचालिरहेको आरोप लगाए । “पार्टी एकताविरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने दुस्प्रयास भइरहेको छ”, अध्यक्ष प्रचण्डले थपे ।

उनले जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेको बताए । “हामीसँग एकताको कुनै विकल्प छैन । तर, यस बीचमा पार्टी एकताको प्रयासमा मैले निकै ठूला चूनौतिको सामना गरें ।”

“कैयौं मान्छेले मलाई अस्थिर पनि भन्छन् । तिनै मान्छेहरु मलाई गतिशील पनि भन्छन् । म परिस्थिति नयाँ ठाउँमा पुगेपछि पुरानै ठाउँमा बस्दिनँ । परिस्थितिको मागअनुसार अघि बढ्छु”, प्रचण्डले भने, “परिस्थिति हेरेर निर्णय लिने मेरो विशेषता हो । तर, म कहिल्यै पनि रणनीतिक लक्ष्यका विरुद्ध जाने गरेको छैन । आफ्नो स्वाद पर्दा त्यही निर्णय गतिशील हुने र नपर्दा अस्थिर हुने बिचित्रको विश्लेषण पनि हामीकहाँ छ । तर, जनताको अभिमत र चाहनाविरुद्ध हामीले कुनै निर्णय गर्नु हुँदैन । विरोधीहरुका चुनौतिलाई पन्छाएर एकता सफल पार्नैपर्छ ।”

“शिक्षा समाजवादको आधारशिला खडा गर्ने निकै महत्वपूर्ण खुड्किलो हो । हिजो हामीकहाँ राजा महाराजा थिए । तर, अहिले हामीले नै चुनेका जनप्रतिनिधि छन्”, प्रचण्डले भने, “अहिले पनि हामीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा, विकासको पक्षमा काम गरेनौं भने कसलाई दोष दिने ? अब अरुलाई दोष दिएर उम्कने ठाउँ छैन । तपाई हामी सबै आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्नैपर्छ । शिक्षा क्षेत्र पनि त्यसबाट मुक्त छैन, तपाईहरु पनि त्यसका विरुद्ध लड्नुस ।”

‘अहिले हामी आमूल परिवर्तनको परिस्थितिमा छैनौं । शिक्षामा गुणात्मक सुधार नै अबको हाम्रो बिकल्प हो”, प्रचण्डले भने, “शिक्षामा निजी क्षेत्रको भूमिकालाई क्रमशः घटाउने र सार्वजनिक क्षेत्रको भूमिकालाई क्रमशः बढाएर समाजवादको शैक्षिक आधार तयार पार्नुपर्छ । हामीले राजतन्त्र त फाल्यौं । तर, सामन्ती सोंच पूरै सकिएको छैन । राजनीति, कर्मचारी र राष्ट्रसेवकहरुमा छोटे राजाको सोंच रहेसम्म जनताले परिवर्तनको अनुभूति गर्दैनन्, त्यसलाई समाप्त पार्नु हाम्रै कर्तव्य हो ।”
“हामीले सुशासन र समृद्धिका लागि गृहकार्य गर्न कार्यदल बनाएका छौं । भ्रष्टाचार मात्र रोक्न सक्यौं भने पनि देशमा सुशासनलाई स्थापित गर्न सकिन्छ । समाज र राष्ट्रमा नयाँ संस्कार र सभ्यता स्थापित गर्न सकिन्छ”, प्रचण्डले भने, “चरित्र र नैतिकताको निर्माण शिक्षाबाटै हुन्छ । हामीले कस्तो शिक्षा दियौं ? कस्तो संस्कार सिकायौं ? त्यतातिर पनि समीक्षा जरुरी छ ।”

सम्मेलनपूर्व भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले कामचलाउ सरकारले गरेका दूरगामी महत्वका विषयहरु आफूहरुलाई मान्य नहुने र नयाँ सरकारले त्यसलाई खारेज गर्ने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    ,pchandji loosing your temperament .
    You ousted kpg. Don’t forget when you became PM second time . Be not opportunist . Killed people are martyr made by Deuba.

    Comment Author

    Khushilal Chaudhry

    Great…..

    Comment Author

    Purna Thami

    प्रचण्ड कमरेड लाई मेराे अनुराेध। तपाईं साच्चिकै कम्युनिस्ट नेता हाै भने र तपाईंको बिचार सिद्धान्त र अाकांक्षा अनि भविष्यमा विश्वकाे महान कम्युनिस्ट नेता हुने उदेश्य छ भने सरकार बनाउनु र पार्टी एकता अघि माैन रहनुस्। जहाँ पायाे त्यहीँ र जे मन लाग्छ त्याे नबाेल्नुस्। हामी तलका जनताहरु गाउँ घरमा एकता मात्रै होइन प्रचण्ड जी काे परिवार भई सकेका छाै। तर दिनै पिच्छेकाे हजुरकाे भनाइ , गराइले हाम्रो मन र छाति पाेल्दछ। अब पनि बारम्बार यस्ताे कुरा सुनाउने र भन्नेकाे केही फाइदा हुने वाला छैन। काङ्ग्रेस ले पनि दुई पार्टी फुटाएर फाइदा लिन्छु भनेर नसाेचे हुन्छ। हामी नेपाली जनताले यस्तै भए कुनै विकल्प राेज्नु पर्ने बाध्यता हुनेछ।

    Comment Author

    Gurung Man

    नाम लेखेर राख्दा हुन्छ भाउ खोज्ने नेताहरुलाई अब यसपछिको चुनाबमा चट्…. गर्ने मानसिक बनाइसक्का छन जनताले हेहेहे, समयमै चेतना भया । अनि प्रचणड र के पि मिलेमा हामी दोस्रो पुस्ताको पालो नै आउदैन कि भन्नेहरुले पनि बिगार्ने कुरा गर्दैछन् त । तेरिमा डांका हो, जनमतको कदर गरेन भने यि भंडूवाहरुलाई चिन्ने मौका यै हो ।

    Comment Author

    Narayani Laxmi

    यस्ताे भनाइ बार्गेनिङ जस्ताे बुझ्छन जनताले out गरि रहनु राम्राे हाेइन ।

    Comment Author

    संघर्ष शेर्पा गोले

    हैन प्रचण्ड ले किन यतिको ठुलो घमण्ड गर्छ एकता गर्ने मन छैन बने नगरे बैहल्योनी ! एमाले को कारण ले हार्ने ठाँउमा नि जितेको छ अझै ठुलो कुरा गर्छ आफुले आफैँ लै के सोच्छ कुन्नि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?