माघ १४ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
माघ १४ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

सारांश

  • कान्तिपुर दैनिक   आजको   कान्तिपुर दैनिकमा छापिएका मुख्य समाचारहरु :     जाँदाजाँदै देउवाको अर्को ‘पपुलिस्ट’ निर्णय – दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता     जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्न थालेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ ।
  • वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ।
  • अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि सामाजिक भत्ता पाउन थाल्नेछन्।

कान्तिपुर दैनिक

 

आजको   कान्तिपुर दैनिकमा छापिएका मुख्य समाचारहरु :

 

 

जाँदाजाँदै देउवाको अर्को ‘पपुलिस्ट’ निर्णय – दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता

 

 

जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्न थालेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ ।

वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ।

अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि सामाजिक भत्ता पाउन थाल्नेछन्।

सरकारले यसअघि दलित र एकल महिलाले ६० वर्ष पुगेपछि मासिक एक हजार रुपैयाँ सामाजिक भत्ता पाउँथे भने अब ५५ वर्ष पुगेपछि त्यस्तो सुविधा पाउन थाल्नेछन्।,   यो खबर आजको कान्तिपुर दैनिकले छापेको   छ ।

 

कर्णाली करिडोर – राँगेभीरमा सडक, नुन–चामलकै लागि भारी बोक्ने दिन अन्त्य

 

रुगिनको राँगेभीर । तल हेर्‍यो नीलै देखिने कर्णाली, माथि हेर्दा टाउकै ठोक्किएलाजस्तो चट्टाने भीर । मुस्किलले आधा मिटरजति त्यही चट्टान खोलेर बनाइएको बाटोमा हिँड्ने बेला जोकसैको मन ठेगानमा हुन्थेन ।

बाजुराका बिच्छ्याँ, रुगिन र हुम्लाका बूढापाका परिवारका सदस्य सदरमुकाम मार्तडी वा भारततिर झर्दा ‘राँगेभीरमा ख्याल गरेर हिँड्नू’ भनेर सम्झाउँथे । उक्त भीरमा कैयौंले ज्यान गुमाएका कथाब्यथा गाउँमा अझै सुनिन्छन् ।
कर्णाली करिडोरअन्तर्गत बाजुराको रुगिनस्थित राँगेभीर छिचोलेर खोलिएको सडक र बाँधुस्थित कालापहरामा चट्टान फोरिँदै ।

चार महिनायता यो बाटोको अवस्था फेरिएको छ । राँगेभीरको नामनिसान मेटिएको छ । त्यही चट्टानको बीच भाग छिचोलेर चौडा सडक बनाइएको छ । पछिल्लो अवस्थाबारे खुसी हुँदै बाँधु मावि रुगिनका प्रधानाध्यापक दीपक पाण्डेले आफ्नो फेसबुकमा लेखे, ‘राँगेभीर खल्लास, अब हाम्रा पनि मुहार फेरिने दिन आउने भए ।’,यो खबर  आजको कान्तिपुर दैनिकले छापेको छ ।

 

काम थाले प्रदेशले, सचिवहरुको नेतृत्वमा सरकार गठनपूर्वको प्रशासनिक संरचना

 

प्रदेश प्रमुखको नियुक्ति र अन्तरिम प्रशासनिक संरचनाको टुंगो लागेसँगै प्रादेशिक सरकार गठनपूर्वको आवश्यक प्रशासनिक संरचनाको तयारी सुरु भएको छ । प्रदेशका प्रमुख सचिवहरूको नेतृत्वमा त्यस्तो तयारी थालिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातवटै प्रदेशका प्रमुख सचिवलाई राजधानी बोलाएको छ ।

प्रदेश सरकार सञ्चालनका लागि भइरहेको तयारीको ताजा अवस्था बुझ्न र त्यसम्बन्धमा थप छलफल गर्न उनीहरूलाई केन्द्र डाकिएको हो ।

मन्त्रिपरिषद् कार्यालयले दुई महिनायताको गृहकार्यबाट तयार पारेको प्रदेश सरकार सञ्चालनसम्बन्धी नमुना कानुन, नियमावलीहरू प्रमुख सचिवलाई सोमबार हस्तान्तरण गर्ने कार्यक्रम राखेको छ ।,यो खबर  आजको कान्तिपुर दैनिकले छापेको   छ ।

 

अन्नपुर्णपोष्ट

 

 

 आजको अन्नपुर्णपोष्टमा छापिएका मुख्य समाचारहरु :

 

एक्लाएक्लै एकता वार्ताः ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको ?

 

पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले(माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ(आफ्नै रणनीतिमा देखिएका छन् ।

शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक(अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन।

सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो।

ओली-दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली(दाहालबीच अढाई घन्टा छलफल भएको थियो।, यो खबर आजको अन्नपुर्ण पोष्टले छापेको छ  ।

 

बिल आउँछ, पानी आउँदैन, पारस शाहकोमा पनि उस्तै !

 

उपत्यका खानेपानी लिमिटेड जाउलाखेल’ ले अघिल्लो साता ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा एक लाख नौ हजार रुपैयाँको बिल पठायो।

१३ वर्षसम्म धारामा पानीको थोपा नझरे पनि यति धेरै रकमको बिल आएपछि कार्यालय प्रमुख झलक शर्मा पौडेलले असन्तुष्टि व्यक्त गरे। पौडेलले भने, ‘जनस्वास्थ्यको अफिस ०६१ सालमा स्थापना भएको थियो। त्यसपछि खानेपानी कार्यालयमा धारो जोडिदिन निवेदन दिएका थियौ धारो त जोडियो तर एक थोपा पानी कहिल्यै झरेन।’

वर्षौंदेखि कुनै जानकारी नदिई एकैपटक यति धेरै महसुल पठाएकोमा पौडेल आश्चर्यचकित भएका छन्।

उनले पानी कहिल्यै नछोडिएको हुँदा यो रकम मिनाहा गराइपाऊँ भनी खानेपानी कार्यालय ललितपुरमा पत्राचार गरेको तर जवाफ नआएको जानकारी दिए।,

पारस शाहकोमा पनि उस्तै
तीन वर्षदेखि धापाखेल हाइटमा बस्दै आएका अन्तिम युवराज पारस शाहको आवासमा पनि खानेपानीको उही हालत छ। उनी बस्ने घरमा धारो छ तर पानी खस्दैन। उनको आवासनजिकै बस्ने एक स्थानीयका अनुसार पारस सधैं ट्यांकरको पानी किनेर खाइरहेका छन्। ‘शाहको घरमा दुई–तीन दिन बिराएर खानेपानीको ट्यांकर भित्रिएको देखिन्छ। यो खबर आजको अन्नपुर्णपोष्टले छापेको छ। 

 

आजको राजधानी दैनिकमा छापिएका मुख्य समाचारहरु :

प्रदेश २: मुख्यमन्त्री फोरम, सभामुख राजपा

 

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको मधेसवादी गठबन्धन प्रदेश २ मा प्रदेश सरकार निर्माणको तयारीमा जुटेका छन् । प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवारी दिई स्पष्ट बहुमत ल्याएका मधेसवादी गठबन्धनले सिट बाँडफाँट गर्दै सरकार निर्माणको खाका बनाउन जुटेका छन् ।

मुख्यमन्त्री र सभामुखमा दुवै दलले एक–एक जिम्मेवारी लिनेगरी सरकार गठन हुने तयारीमा दुवै दलका नेता जुटेका छन् । तर, सो सम्बन्धमा अन्तिम निर्णय गर्न भने बाँकी छ । दुवै पार्टीका शीर्ष नेताबीच प्रदेश सरकारको खाका बनाउने विषयमा तयारी भइरहेको नेताहरूले बताए ।

प्रदेश २ को प्रदेशसभा बैठक २१ माघमा बोलाइएको छ । बैठक बोलाएसँगै नेताहरू सरकार गठनको आन्तरिक तयारीमा जुटेका छन् । प्रदेशसभाको बैठकसँगै सरकार निर्माणको प्रक्रिया पनि सुरु भएकाले सोको अग्रिम तयारीमा नेताहरू जुटेका छन् ।

राजपा नेपालका महासचिव अजय गुप्ताले दुवै दलका नेताबीच प्रदेश सरकार बनाउने विषयमा छलफल सुरु भएको बताए । सरकार निर्माणका लागि आवश्यक गृहकार्य सुरु भएको बताउँदै गुप्ताले दुवै दलको आपसी सहमति एवं सहकार्यमै सरकार निर्माण हुने बताए ।

‘हामीले साझा उम्मेदवारी दिएर निर्वाचनमा सहभागी भयौं, अब आपसी सहमति एवं सहकार्यमै प्रदेश सरकार निर्माण गर्न आवश्यक गृहकार्य सुरु गरेका छौं,’ गुप्ताले राजधानीसँग भने, ‘मुख्यमन्त्री, सभामुख ठूलो कुरा नभई हाम्रा लागि प्रदेश २ लाई कसरी समृद्ध एवं सम्पन्न बनाउने र संविधान संशोधन गराउने विषय नै मुख्य कुरा हो ।’

संविधान संशोधनका लागि आवश्यक दबाब सिर्जना गर्नुका साथै मधेसवादी गठबन्धनको काँधमा प्रदेश २ लाई समृद्ध एवं सम्पन्न बनाउने जिम्मेवारी आएको उनले बताए । मधेसवादी गठबन्धनको अबको मुख्य कार्यभार नै संविधान संशोधन र समृद्ध प्रदेश निर्माण रहेको गुप्ताले बताए ।

संविधानमा व्यवस्था भएअनुसार प्रदेश सांसदको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्नेछ । निर्वाचन आयोगले ३ माघमा नै प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित गरिसकेको छ ।

प्रदेश २ मा १०७ सांसद संख्या छ । जसमा फोरम नेपालले २९ र राजपा नेपालले २५ सिट जितेको छ । दुवै पार्टीको सिट संख्या मिलाउँदा स्पष्ट बहुमतसहितको सरकार निर्माण हुन्छ । सरकार निर्माणका लागि स्पष्ट बहुमत आएसँगै दुवै दलका नेता जिम्मेवारी बाँडफाँटको तयारीमा जुटेका छन् ।

फोरम नेपालका महासचिव रामसहाय यादवले मधेसवादी गठबन्धनमा रहेका दुवै दलले पाएको सिट संख्याकै आधारमा जिम्मेवारी भागबन्डा हुने बताए । फोरमले मुख्यमन्त्री र राजपा नेपालले सभामुख पाउनेगरी भागबन्डा हुने उनले बताए ।

‘दुवै दलले निर्वाचनताका साझा उम्मेदवारी दिँदा नै एक किसिमको सहमति भएको छ, ठूलो हुने दलले मुख्यमन्त्री र साना दलले सभामुख पाउने सहमति भएको छ,’ महासचिव यादवले भने, ‘त्यो लिखित नभए पनि नेताहरूका बीचमा मौखिक सहमति भएको छ, सोहीअनुसार जिम्मेवारीबाँडफाँट हुन्छ ।’

ताजा जनादेशअनुसार फोरम र राजपा नेपालले सहमतिमै प्रदेश २ मा सरकार गठन गर्ने उनले बताए । साझा उम्मेदवारी दिएर निर्वाचनमा सहभागी भएको बताउँदै उनले दुवै दलको सहमतिमै सरकार निर्माण गर्ने बताए ।

राजपा नेपालका सचिव उपेन्द्र महतोले प्रदेश सरकार निर्माणका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताए । यद्यपि, प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने सुनिश्चित रहेको उनले बताए ।यो खबर आजको राजधानी दैनिकले छापेको छ  ।

अपरेसन थिएटरको लागि इट्टा बोक्दै बालबालिका

 

 

कालिकोट – बालश्रम कहाँ भएको छ भनेर खोज्न कतै जानु पर्दैन, हालै निर्माण भइरहेको एक सरकारी अस्पताल गए हुन्छ। जिल्ला नेत्रज्योति संघअन्तर्गत जिल्ला आँखा उपचार केन्द्रको भवन निर्माणमा बालबालिका प्रयोग भएका हुन्।

भवन निर्माणमा लामो समयदेखि बालबालिका प्रयोग भए पनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ। जिल्ला नेत्रज्योति संघले समिति गठन गरेर आँखा उपचार केन्द्रका लागि अपरेसन थिएटर भनव निर्माण गरिरहेका छ। त्यहाँ प्रयोग हुने इँट्टा बालबालिकाले नै बोक्दै आइरहेका छन।

जिल्लामा बालबालिकासम्बन्धी काम गर्ने सरकारी तथा गरैसरकारी निकायका व्यक्तिले दिनहुँजसतो यो दृश्य देखिरहेका छन्। तर, उनीहरूले नदेखे झैं गर्दै आएका छन्। लमोमा समयदेखि बालबालिको क्षेत्रम काम गरिरहेका किडार्क नेपाल कालिकोटको कार्यालय पनि त्यही भवनसँगै जोडिको छ।

उनीहरूले पनि केही वास्ता गरेको देखिँदैन। किडार्क नेपालका कालिकोटका संयोजक तुलाराम पाण्डेल भने आफूले बालबालिकालाई काममा लगाएको नदेखेको बताए । ‘हामी कार्यालयभित्रै हुन्छौं, अलिहेसम्म बालबालिकालाई काममा लगाएका देखेका छैनौं।’ उनले भने। उनले बालश्रम गराउनेलाई प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले स्थानीय तह, महिला तथा बालिबालिका कार्यालयले बालश्रम गराउनेलाई सुझाव सल्लाह दिनुपर्ने बताए । उनले उजुरी आएको खण्डमा प्रशासनले बुझ्ने र अदालत पठाउने काम गर्ने भन्दै सामान्य श्रमलाई कसैले पनि रोकेर नरोकिने बताए ।यो खबर आजको राजधानी दैनिकले छापेको छ  ।

 

नागरिक दैनिक

आजको नागरिक दैनिकमा छापिएका मुख्य समाचारहरु :

राष्ट्रियसभा निर्वाचन – प्रदेशपिच्छे यस्तो छ मतभार

 

राष्ट्रिसभामा प्रत्येक प्रदेशबाट एकल संक्रमणीय प्रणालीमार्फत आठ–आठजना निर्वाचित भएर आउनेछन् ।

तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरी ५९ सदस्यीय राष्ट्रियसभा हुनेछ । राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने कार्यक्रम छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभामा विजयी सदस्य, गाउँपालिका, नगरपालिकाका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख मतदाता हुने व्यवस्था छ । मतदाताको मतभार फरकफरक निर्धारण गरिएको छ ।

प्रदेशसभा सदस्यको एक मतलाई ४८ मतभार दिइनेछ । त्यसैगरी स्थानीय तहका मतदाताको एक मतलाई १८ मतभार दिइनेछ।

एकल संक्रमणीय भनेको प्राथमिकतामा आधारमा मत दिने प्रणाली हो । यसमा उम्मेदवारको क्रमसंख्या निर्धारण गरिन्छ र कम मत प्राप्त गर्ने उम्मेदवार सूचीबाट हट्नेछ।, यो खबर आजको नागरिक दैनिकले छापिएको  छ ।

 

नेपाल समाचारपत्र

 

 

आजको नेपाल समाचारपत्रमा छापिएका मुख्य समाचारहरु :

१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी

 

उपप्रधान तथा शिक्षामन्त्ती गोपालमान श्रेष्ठले राज्यकोषबाट झन्डै १५ करोड रुपियाँ बाँड्ने तयारी गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफुनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लाग्नुभएको समाचार स्रोतले बतायो ।

नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा उहाँले मापदण्ड नपुगेका आफ्ना तजविजका विद्यालयलाई पुस्तकालय भवन, ल्याब निर्माण लगायतका विषयमा रकम बाँड्न लाग्नुभएको हो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

 

 

कारोबार दैनिक

 

आजको करोबरे दैनिकमा छापिएका मुख्य समाचारहरु :

भीआईपी सुरक्षामा वर्षमा ३ अर्ब: १० प्रतिशत विशिष्ठ व्यक्तिको सुरक्षामा

 

 

काठमाडौं – मुलुक संघीय संरचामा गएसँगै नेपालमा प्रहरीको करिव १० प्रतिशत जनशक्ति विशिष्ठ व्यक्तिको सुरक्षामा खटाउनुपर्ने भएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका केन्द्र र प्रदेशअन्तर्गतका बहालवाला तथा पूर्व पदाधिकारी र अन्य व्यक्तिका निजी सुरक्षामा ६ हजार ५ सयभन्दा बढी प्रहरी जनशक्ति तैनाथ गर्नुपर्ने देखिएको छ।

प्रदेशको संरचना कार्यान्वयनमा आएपछि भीआईपी सुरक्षामा खटिने प्रहरीका लागि मात्रै सरकारले सुरक्षा भत्ता, रासन, सवारी इन्धनलगायतमा वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी थप खर्च गर्नुपर्ने छ। भीआईपी सुरक्षामा खटिने जनशक्ति प्रहरीमा कार्यरत करिव ७२ हजार जनशक्तिको १० प्रतिशत हुन आउँछ। यो संख्या भीआईपीका नाममा सेना र सशस्त्र प्रहरीबाट खटिने सरक्षाकर्मीबाहेकको हो।

यो अनुपातमा अपराध अनुसन्धान तथा नियन्त्रणमा खटिने प्रहरीको संख्याभन्दा ३ प्रतिशतले बढीपनि हो। देशभर अपराध अनुसन्धान तथा नियन्णमा करिव ७ प्रतिशत प्रहरी कार्यरत छन् अहिले बहालवाला तथा अवकाश प्राप्त पदाधिकारी तथा अन्य व्यक्तिका अंगरक्षक, निवास, कार्यालय र स्कर्टिङसहितको सुरक्षमा करिव १ हजार प्रहरी जनशक्ति खटिँदै आएका छन्।

हरेक वर्ष भीआईपीका नाममा सुरक्षा सुविधा लिने व्यक्तिको संख्या बढ्दो क्रममा छ। यति मात्र होइन, अब प्रदेश संसद र सरकारको अवधारणा कार्यान्वयनमा आएसँगै भीआईपीका लागि खटिने जनशक्तिको संख्या करिव ६ गुणाले बढ्ने भएको हो।यो खबर आजको कारोबार दैनिकले छापेको छ ।

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?