भारतीय दूतावासको भोजमा केपी ओली हिन्दी गितमा मुसुक्क !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
५६ पटक हेरिएको
Shares
भारतीय दूतावासको भोजमा केपी ओली हिन्दी गितमा मुसुक्क !

सारांश

  • काठमाडौं, १४ माघ ।
  • माघ १२ गते भारतले आफ्नो ७० औं गणतन्त्र दिवस भव्यताका साथ मनायो ।
  • सोही अवसरमा भारतीय राजदूतावासले जनवरी २६ मा लैनचौरमा आयोजन गरेको दिवाभोजमा नदेखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलिपल्ट दूतावासमा आयोजित सांगितिक कार्यक्रममा भने सहभागी भएका छन् ।

काठमाडौं, १४ माघ । माघ १२ गते भारतले आफ्नो ७० औं गणतन्त्र दिवस भव्यताका साथ मनायो । सोही अवसरमा भारतीय राजदूतावासले जनवरी २६ मा लैनचौरमा आयोजन गरेको दिवाभोजमा नदेखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलिपल्ट दूतावासमा आयोजित सांगितिक कार्यक्रममा भने सहभागी भएका छन् । दूतावासले आयोजना गरेको कार्यक्रममा भावी प्रधानमन्त्री ओलीसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी भएकी छिन् ।

शुक्रबार लैनचौरस्थित राजदूतावासमा आयोजित दिवाभोजमा ओली सहभागी भएनन् । कार्यक्रममा एमालेको तर्फबाट पार्टी सचिव प्रदीप ज्ञवाली सहभागी थिए । अध्यक्ष ओली सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब) ले आयोजना गरेको १३ औं साधारण सभाको उद्घाटनका लागि पोखरा पुगेका थिए ।

राजदूतावासको दिवाभोजमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधबकुमार नेपाल, उपप्रधानमन्त्री विजय गच्छदार र गोपालमान श्रेष्ठलगायत सहभागी थिए । दूतावासले आयोजना दिवाभोजमा सहभागी नभएकोमा सामाजिक सञ्जालमा ओलीको प्रसंशा र सहभागी नेताहरुको आलोचना भएको थियो ।

तर, भारतीय राजदूत पुरीले भोलिपल्ट जङ्गी अड्डामा आयोजित कार्यक्रममा ओलीलाई मात्र होइन, राष्ट्रपति भण्डारीलाई समेत सहभागी गराए । दूतावास अन्तर्गतको सांस्कृतिक केन्द्रवारा आयोजित प्रेस विज्ञप्तिमा जनाइएअनुसार ‘बलिउड फ्युजन ब्याण्ड’ नाम दिइएको सो सांगितिक कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति भण्डारी थिइन् भने ओली विशिष्ठ अतिथिका रुपमा सहभागी थिए ।

पूरीले त्यहाँ पनि भोजको आयोजन गरेका थिए । उनीहरु कार्यक्रम अवधिभर रहेका थिए । सो कार्यक्रममा भारतीय चर्चित संगितकार ऋषि दत्ताको प्रस्तुति रहेको थियो । उनले हिन्दी गितहरु सुनाएर मनोरञ्जन प्रदान गरे भने ओली पनि हिन्दी गितमा मनोरञ्जन लिँदै मुस्कुराईरहेका देखिन्छन्।

(साभार : काठमाडौंटुडे)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुदानको चामलबाट बनाउँछन् मदिरा
कार्तिक लागेसँगै सुनको भाउ घट्यो, चाँदी भने स्थिर
कार्तिक लागेसँगै सुनको भाउ घट्यो, चाँदी भने स्थिर
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार
माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री अाेलीले बाेलेकाे कुरा पुरा, पाइपबाट घर घरमा ग्यास
प्रधानमन्त्री अाेलीले बाेलेकाे कुरा पुरा, पाइपबाट घर घरमा ग्यास
राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता
राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता
निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह
निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह
बैंकको कालोसूचीमा १० हजारभन्दा बढी
बैंकको कालोसूचीमा १० हजारभन्दा बढी