प्रदेशमा तत्काल १५ सय कर्मचारी खटाउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रदेशमा तत्काल १५ सय कर्मचारी खटाउने

सारांश

  • काठमाडौं, १५ माघ- सरकारले सातवटा प्रदेशमा  प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ ।
  • प्रदेशमा खटिने कर्मचारीहरू प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा  जाने भएका छन् ।
  • सरकारले प्रदेश प्रमुखको कार्यालय तथा प्रदेश मुख्य मन्त्रीको कार्यालयको संगठनात्मक संरचना पनि तयार गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

काठमाडौं, १५ माघ- सरकारले सातवटा प्रदेशमा  प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ । प्रदेशमा खटिने कर्मचारीहरू प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा  जाने भएका छन् । सरकारले प्रदेश प्रमुखको कार्यालय तथा प्रदेश मुख्य मन्त्रीको कार्यालयको संगठनात्मक संरचना पनि तयार गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

समान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा करिब तीन हजार कर्मचारी आवस्यक पर्ने अनुमान गरेको छ । त्यसमध्ये तत्काल अस्थायी व्यवस्थापनको लागि करिब १ हजार ५ सय कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारीहरू बताउँछन्।

समान्य  प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले सातवटा प्रदेशमा अस्थायी व्यवस्थापनका लागि सरकारले कर्मचारी खटाएको बताए । उनले भने, ‘तत्काल अस्थायी व्यवस्थापनको लागि हामीले कर्मचारी खटाएका छांै ।’ सरकारले खटाएका कर्मचारी सम्बन्धित प्रदेशमा जानेक्रममा रहेको पनि उनले बताए । सचिव, सहसचिव सरहका अधिकांश कर्मचारी सम्बन्धित प्रदेशमा पुगेको र अन्य तहका कर्मचारी जाने क्रममा रहेको उनले बताए।

मन्त्रालयका अनुसार एउटा मुख्य मन्त्रीको कार्यालयमा २९ कर्मचारी खटाइने भएको छ ।  यसमध्ये १  प्रमुख सचिव (राजपत्रांकित विशिष्ठ श्रेणी), कानुनतर्फ सहसविच १, प्रशासनतर्फ सहसचिव ४ लगायत २९ कर्मचारी हुनेछन् । यसबाट सातवटा प्रदेशमा प्रदेश मुख्यमन्त्रीको लागि मात्र दुई सय तीन कर्मचारी खटाइएको मन्त्रालयका प्रवक्ता न्यौपानेले बताए । सरकारले क्षेत्रीय प्रशासकलाई मुख्य मन्त्रीको कार्यालयमा खटाएको छ।

यसैगरी सरकारले १ सहसचिव  सरह कर्मचारीको नेतृत्वमा प्रदेश प्रमुखको कार्यालयमा २८ कर्मचारी खटाउँदै छ ।  प्रदेश  प्रमुखको कार्यालयमा खटिएका सहसचिव सम्बन्धित सबै प्रदेशमा पुगीसकेको  न्यौपानले बताए । प्रदेश प्रमुखको कार्यालयका लागि खटिएका सहसचिव सरहका कर्मचारीको पद भने प्रदेश प्रमुख कार्यालयको  सचिव रहने छ ।  प्रदेश प्रमुखको कार्यालयमा खटाइएका अन्य तहका कर्मचारी पनि सम्बन्धित प्रदेशमा जानेक्रममा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश प्रमुखले कार्यालयतर्फ १३, निजी सचिवालयतर्फ १२ र ३ ड्राइभर र कार्यालय सहयोगी गरी २८ दरबन्दी कायम गरिएको छ । प्रदेश मुख्य मन्त्रीको निजी सचिवालयको दरबन्दी भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को  तय गरेको छैन । ‘प्रदेश मुख्य मन्त्रीले निजी सचिवालयलमा राख्ने कर्मचारीको दरबन्दी सम्बन्धित प्रदेशसभाले नै तय गर्नेछ,’ प्रधानमन्त्री कार्यालयका एक सचिले भने । यसैगरी प्रदेश सभाले नै  मुख्य मन्त्री तथा प्रदेश मन्त्रीको सेवा सुविधा तय गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?