भेट र पृथकता (कबिता)

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०७४
|
|
७७१ पटक हेरिएको
Shares
भेट र पृथकता (कबिता)

सारांश

  • फूलसँग रङ र सौन्दर्य चोरेर मुस्कुराउन आइपुगेथेँ तिम्रा शिशिरहरूमा तिमीले गाली गर्यौ र, पो म फर्किएँ।
  • तिमी जङ्गलैजङ्गल दौडँदा जङ्गलका काँडाहरूलाई फकाएँ र, तिम्रा पाउहरूमा नबिझ्नू भनेँ तिमी सपना बोकेर उडिरहँदा पहाडहरूलाई फकाएँ र, तिम्रो शिरलाई ठक्कर नदिनू भनेँ तिमी दुःखको पर्वत चढिरहँदा बाँसुरीहरूलाई फकाएँ र, मङ्गल धूनहरू बजाउनू भनेँ तिमी हिँड्ने बाटो, थकाइ मार्ने प्रतीक्षालय र, तिम्रा तमाम आफन्तहरूसँग तिम्रा लागि उज्याला आशीर्वाद मागी बसेँ तर, तिमीले त सपनामा पनि मेरो छायालाई लखेटिरह्यौ अनि पो म फर्किएँ।
  •   मैले उनलाई नछुनू टाढैबाट हेर्नू भनेपछि पो आकाशमै बसेका हुन्- जून र ताराहरू मैले उनलाई नसताउनू भनेपछि पो परै बसेको हो- दुःखको मरुभूमि जीवनको यात्रामा थाकेकी हौली सोचेर मैले प्रत्येक दिन उज्यालोलाई बास बस्न लगाएपछि छुट्टिएका हुन्- दिन र रात तर, तिमीले त मेरा यादहरूलाई पनि नजरबन्द गरिदियौ र, पो म फर्किएँ।

फूलसँग रङ र सौन्दर्य चोरेर

मुस्कुराउन आइपुगेथेँ

तिम्रा शिशिरहरूमा

तिमीले गाली गर्यौ र, पो

म फर्किएँ।

तिमी जङ्गलैजङ्गल दौडँदा

जङ्गलका काँडाहरूलाई

फकाएँ र, तिम्रा पाउहरूमा

नबिझ्नू भनेँ

तिमी सपना बोकेर उडिरहँदा

पहाडहरूलाई फकाएँ

र, तिम्रो शिरलाई ठक्कर नदिनू भनेँ

तिमी दुःखको पर्वत चढिरहँदा

बाँसुरीहरूलाई फकाएँ

र, मङ्गल धूनहरू बजाउनू भनेँ

तिमी हिँड्ने बाटो,

थकाइ मार्ने प्रतीक्षालय

र, तिम्रा तमाम आफन्तहरूसँग

तिम्रा लागि उज्याला

आशीर्वाद मागी बसेँ

तर, तिमीले त

सपनामा पनि मेरो छायालाई लखेटिरह्यौ

अनि पो म फर्किएँ।

 

मैले उनलाई नछुनू

टाढैबाट हेर्नू भनेपछि पो

आकाशमै बसेका हुन्- जून र ताराहरू

मैले उनलाई नसताउनू भनेपछि पो

परै बसेको हो- दुःखको मरुभूमि

जीवनको यात्रामा थाकेकी हौली सोचेर

मैले प्रत्येक दिन उज्यालोलाई

बास बस्न लगाएपछि

छुट्टिएका हुन्- दिन र रात

तर, तिमीले त मेरा यादहरूलाई पनि नजरबन्द गरिदियौ

र, पो म फर्किएँ।

 

फर्किने क्रम पनि अचम्मैको हुँदोरहेछ

फर्किँदा-फर्किँदा म त उही देउरालीमा आइपुगेछु

जहाँ बसेर कुनै बेला हामीले एउटै सपना देखेका थियौँ ।

   हेम प्रभास

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?