सुटुक्क छाडिए ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, माघ १७ ।
  •  राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ ।
  • प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो ।

काठमाडौं, माघ १७ । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ ।

प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो ।

महाराजगन्ज वृत्तमा राखिएका ती युवकलाई दरबारमार्ग वृत्तबाट खटिएको सई नेतृत्वको टोलीले शनिबार साँझ करिब ७ बजे जिम्मा लिएको थियो ।

सोही रात उनको स्वास्थ्य परीक्षण पनि गरिएको थियो । एक रात दरबारमार्ग वृत्तमै राखिएका ती युवकलाई आइतबार बिहानै सुटुक्क छाडिएको थियो ।

प्रहरीले यस घटनालाई गुपचुपराखेको थियो । दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीले सोमबार उक्त घटनाबारे आफूकहाँ कुनै केस नआएको दाबी गरे पनि पछि उक्त घटनामा दुवै पक्ष आफैं मिलेको भन्ने सुनेको बताएका थिए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?