शेरधन र अष्ठलक्ष्मीः एमालेभित्रै ‘डेञ्जर जोन’मा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
५६ पटक हेरिएको
Shares
शेरधन र अष्ठलक्ष्मीः एमालेभित्रै ‘डेञ्जर जोन’मा !

सारांश

  • काठमाडौं, माघ १७ ।
  • एमालेको भागमा परेका प्रदेश नम्बर १, ३ र ४ का मुख्यमन्त्रीहरुको उम्मदेवारी शीर्षतहैबाट सहमतिमा टुंग्याउन नेतृत्वमाथि दबाव परेको छ ।
  • चुनाव गराउँदा पार्टीमा सन्तुलन बिग्रने भन्दै केही पोलिटब्यूरो सदस्यले नेताहरुलाई माथिबाटै सहमति गर्न दबाव दिएका हुन् ।

काठमाडौं, माघ १७ । एमालेको भागमा परेका प्रदेश नम्बर १, ३ र ४ का मुख्यमन्त्रीहरुको उम्मदेवारी शीर्षतहैबाट सहमतिमा टुंग्याउन नेतृत्वमाथि दबाव परेको छ । चुनाव गराउँदा पार्टीमा सन्तुलन बिग्रने भन्दै केही पोलिटब्यूरो सदस्यले नेताहरुलाई माथिबाटै सहमति गर्न दबाव दिएका हुन् ।

मुख्यमन्त्रीको उम्मेद्वार छान्न एमालेभित्रै चुनाव भए प्रदेश १ का शेरधन राई र प्रदेश ३ की अष्टलक्ष्मी शाक्य दुबै जना डेञ्जर जोनमा पर्न सक्ने देखिएको छ । प्रदेश ४ मा पनि पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबैको स्थिति स्पष्ट छैन ।

एमालेले आन्तरिक चुनावबाट मुख्यमन्त्रीको उम्मदेवार छान्ने निचोड निकाले पनि कतिपय नेताले चुनावको साटो सहमति जुटाउन नेतृत्वलाई आग्रह गरेका छन् ।

मंगलबार स्थायी कमिटी बैठकमै पार्टी उपाध्यक्ष तथा ३ नम्बर प्रदेशबाट मुख्यमन्त्री दाबेदार अष्टलक्ष्मी शाक्यका साथै प्रदेश ४ को मुख्यमन्त्री दाबेदार किरण गुरुङलगायतले माथिबाटै मिलाउनु पार्टीको हितमा हुने बताएका थिए ।

एमाले एकताबद्ध छ भन्ने सन्देश दिनका लागि पनि अहिले प्रदेशसभा सांसदहरुलाई गुटमा विभाजित हुने वातावरण सिर्जना नगर्न शाक्यले आग्रह गरेकी थिइन् ।

तर, उपाध्यक्ष शाक्यको प्रस्तावमा झलनाथ खनाल, माधव नेपाललगायतका नेताले सकारात्मक नभएपछि बैठकले सकेसम्म सहमतिमा नेता चुन्ने र सहमति नभए निर्वाचन गराउने निर्णय लिएको हो ।

प्रदेश १ का मुख्यमन्त्रीका दाबेदार भीम आचार्यले खनाल र नेपाललाई चुनावको पक्षमा उभिन दबाव दिएको आशंका एमाले नेताहरुको छ । अनलाइनखबर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
दक्षिण कोरियामार्फत किम जोङकाे निम्ताे स्विकारे डोनाल्ड ट्रम्पले
दक्षिण कोरियामार्फत किम जोङकाे निम्ताे स्विकारे डोनाल्ड ट्रम्पले
खेर गयो वार्नरको सतक, दक्षिण अफ्रिका १० रनले विजयी
खेर गयो वार्नरको सतक, दक्षिण अफ्रिका १० रनले विजयी
क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको मृत्यु
क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको मृत्यु
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..
सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..
लिम्बूको कप्तानीमा नेपाल मैदानमा
लिम्बूको कप्तानीमा नेपाल मैदानमा