साथी गएका व्यक्ति कसरी एमआरआई गर्दा मारिए ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
३६ पटक हेरिएको
Shares
साथी गएका व्यक्ति कसरी एमआरआई गर्दा मारिए ?

सारांश

  • अस्पतालको ‘एमआरआई’ कक्षभित्र आफन्तलाई लिएर गएका एक ३२ वर्षीय युवकलाई मेशिनले तानेपछि मृत्यु भएको भारतीय संचार माध्यमले बताएका छन् ।
  • भारतको मुम्बइमा राजेश मारु नामका यी युवक एक वृद्ध आफन्तको उपचारका लागि अस्पताल आएको बताइएको छ ।
  • तिनै वृद्धलाई ‘एमआरआई’ स्क्यान गराउन कोठाभित्र लैजानेक्रममा सो दुर्घटना भएको हो ।

अस्पतालको ‘एमआरआई’ कक्षभित्र आफन्तलाई लिएर गएका एक ३२ वर्षीय युवकलाई मेशिनले तानेपछि मृत्यु भएको भारतीय संचार माध्यमले बताएका छन् । भारतको मुम्बइमा राजेश मारु नामका यी युवक एक वृद्ध आफन्तको उपचारका लागि अस्पताल आएको बताइएको छ । तिनै वृद्धलाई ‘एमआरआई’ स्क्यान गराउन कोठाभित्र लैजानेक्रममा सो दुर्घटना भएको हो । अस्पतालमै काम गर्ने वार्डका कर्मचारी भित्तल चवनले उनलाई कोठा भित्र छिर्नुअघि एउटा अक्सिजनको सिलिन्डर बोक्न दिएका कारण यस्तो भएको बताइएको छ ।

सिलिन्डर लिएर भित्र जाँदा मेशिन खुल्लै रहेकाले उनको हातको फलामलाई मेशिनको शक्तिले तानेपछि यो दुर्घटना भएको पुलिसले बताएका हुन् । राजेशले फलामलाई भित्र लानु खतरनाक हुन्छ भनेर बताउँदा पनि वार्डका कर्मचारी चवनले, ‘मेशिन बन्द छ केही पनि हुँदैन यो मेरो दैनिकको काम हो’ भन्दै उनलाई फलामको अक्सिजन सिलिन्डर भित्र लैजान लगाएको राजेशसँगै रहेका उनका आफन्तले बताएका हुन् । तर भित्र पुग्दा अचानक ‘एमआरआई’ मेशिनबाट आएको अत्यन्तै बलियो फोर्सले राजेशको हात तानेपछि केही समय उनी त्यसमै अड्कीएका थिए ।

त्यसै समय उनको हातमा रहेको अक्सिन सिलिन्डर फुटेर ग्यास बाहिर निस्किएको अस्पतालका अधिकारीले बताए । सँगैका आफन्त र अस्पतालका कर्मचारीले उनको हातलाई निकाल्न धेरै जोडले प्रयास गरेपछि मात्र मेशिनबाट हात बाहिर आयो तर त्यतिबेला सम्म चोटका कारण उनको शरीर सुन्निएर धेरै रगत बगिसकेको थियो । त्यसलगत्तै उपचारका लागि उनलाई आपतकालिन वार्डमा लैजाँदा दुई मिनेटभित्रै उनको ज्यान गएको आफन्त हरिस सोलान्कीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिफन्टमा श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन
जिफन्टमा श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन
पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त  ?
सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त ?
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
बाँदरले घरमै आएर थालको भात खोस्न थालेपछि….
बाँदरले घरमै आएर थालको भात खोस्न थालेपछि….
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता
कृषकलाई सरकारले दिने भनेको अनुदान नदिएपछी वडा अध्यक्ष सहित अनशनमा
कृषकलाई सरकारले दिने भनेको अनुदान नदिएपछी वडा अध्यक्ष सहित अनशनमा
बझाङमा जीप दुर्घटनामा ९ को मृत्यु
बझाङमा जीप दुर्घटनामा ९ को मृत्यु
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो

तपाईंले छुटाउनुभयो कि?