घुम्ती शिविरमा पाए १५९ ले नागरिकता

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
४० पटक हेरिएको
Shares
घुम्ती शिविरमा पाए १५९ ले नागरिकता

सारांश

  • भोजपुर, २१ माघ ।
  • भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकीकृत घुम्ती शिविरबाट सयभन्दा बढीलाई नागरिकता वितरण गरिएको छ ।
  • शनिबार सञ्चालित शिविरबाट १५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपांगता परिचयपत्र, जिल्ला आयुर्वेद कार्यालयबाट १५४ जनालाई निःशुल्क औषधि र जिल्ला स्वास्थ्य कार्यालयबाट ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

भोजपुर, २१ माघ । भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकीकृत घुम्ती शिविरबाट सयभन्दा बढीलाई नागरिकता वितरण गरिएको छ ।

शनिबार सञ्चालित शिविरबाट १५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपांगता परिचयपत्र, जिल्ला आयुर्वेद कार्यालयबाट १५४ जनालाई निःशुल्क औषधि र जिल्ला स्वास्थ्य कार्यालयबाट ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

त्यस्तै कृषितर्फ १४० जना कृषकलाई बीउ वितरण, पशु सेवा कार्यालयबाट २२३ जनाले पशुपक्षीको विषयमा परामर्श लिएका छन् । जिल्ला वन कार्यालय र भू–संरक्षण कार्यालयमार्फत एक हजार २०० बिरुवा वितरण गरिएको छ भने घरेलुबाट तीनवटा उद्योग दर्ता तथा ६ जना उद्योगीले परामर्श लिएका छन् ।

शिविरको प्रजिअ फडिन्द्र दाहालले ३५ वर्षीया हरिमाया कार्कीलाई नागरिकता वितरण गरेर शुभारम्भ गर्नुभएको थियो । राज्यको सेवा जनताको घरदैलोमा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइ तथा अन्य विषयगत कार्यालयको आयोजनामा एकदिने शिविर सञ्चालन गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले बताए । शिविरबाट अरुण गाउँपालिकाका स्थानीयवासी हर्षित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?