सिंहदरबार पुग्यो सातै प्रदेशमा, सकियो पहिलो वैठक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
सिंहदरबार पुग्यो सातै प्रदेशमा, सकियो पहिलो वैठक

सारांश

  • काठमाडौं, २३ माघ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकिएपछि देशका सातवटै प्रदेशमा पहिलो प्रदेश सभा बैठक सम्पन्न भएका छन् ।
  • यो सँगै नयाँ संविधान अनुसार संघीयताको व्यवहारिक अभ्यास र कार्यान्वयन शुरु भएको छ ।
  • यसअघि सिंहदरबारमा मात्र हुने वैठक सातै प्रदेशमा बसिसकेको छ ।

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकिएपछि देशका सातवटै प्रदेशमा पहिलो प्रदेश सभा बैठक सम्पन्न भएका छन् । यो सँगै नयाँ संविधान अनुसार संघीयताको व्यवहारिक अभ्यास र कार्यान्वयन शुरु भएको छ । यसअघि सिंहदरबारमा मात्र हुने वैठक सातै प्रदेशमा बसिसकेको छ ।

सोमबार प्रदेश १ र ४ मा पहिलो बैठक बसेसँगै मुलुक संघीयता व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । आइतबार प्रदेश नम्बर ३, ५, ६ र ७ प्रदेशमा र प्रदेश ३ को १८ माघ र बैठक बसेका हुन् ।

प्रदेश १ को पहिलो बैठकमा सांसदहरूले आफ्नो प्रदेशलाई विकसित र धनी प्रदेश बनाउने संकल्प गरिसकेका छन् । त्यस प्रदेशमा विराटनगरमा बसेको बैठकमा ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षता गरेका र सातजना सांसद बोलेका थिए । बैठकले प्रदेशसभा सञ्चालनका लागि अन्तरिम कार्यविधि, २०७४ पारित गरेको छ । प्रदेशको अर्को बैठक २९ माघमा बस्नेछ । आगामी फागुन ३ गते उपसभामुखको निर्वाचन हुनेछ ।

सोमबार प्रदेश ४ को पहिलो बैठक डेढ घन्टा बसेको थियो । पहिलो वैठकले प्रदेश सभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि, २०७४ पारित गरेको छ । बैठकमा सांसदहरूले आर्थिक समृद्धिमा जोड दिएका छन् । साथै अखण्ड र एकीकृत प्रदेश बनाउने उद्घोष गरेका छन् ।

त्यसैगरी प्रदेशको अर्को बैठक फागुन ३ गते बोलाइएको छ । त्यही दिन सभामुखको निर्वाचन हुनेछ । उपसभामुखको निर्वाचनको मिति सोही दिन तय गरिनेछ । प्रदेश २, ५, ६ र ७ को पनि वैठक बसिसकेको छ । सबै प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन भएपछि प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतलाई चीनको चेतावनी
बेलायतलाई चीनको चेतावनी
गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा
गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा
प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार
प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
लुटिएको सुन अझै पाइएन
लुटिएको सुन अझै पाइएन
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
गोरखाबाट ल्याएर चितवनमा फूलपाती भित्र्याइने
गोरखाबाट ल्याएर चितवनमा फूलपाती भित्र्याइने