दलितले खाजा पकाएपछि स्कुलको क्यान्टिनमा तालाबन्दी !
सारांश
- काठमाडाैं, माघ २८ ।
- दैलेखको एक विद्यालयमा दिवा खाजा दलितले पकाएको भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन् ।
- तीजडाँडास्थित चामुण्डा हिमालय आधारभूत विद्यालयका विद्यार्थीले दलितले पकाएको खाजा खाँदैनौं भन्दै क्यान्टिनमा तालाबन्दी गरेका हुन् ।
काठमाडाैं, माघ २८ । दैलेखको एक विद्यालयमा दिवा खाजा दलितले पकाएको भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन् । तीजडाँडास्थित चामुण्डा हिमालय आधारभूत विद्यालयका विद्यार्थीले दलितले पकाएको खाजा खाँदैनौं भन्दै क्यान्टिनमा तालाबन्दी गरेका हुन् ।
अाजको नागरिक दैनिकमा खबर छ-घरमा अभिभावकले दलितले पकाएको खाए दाँत झर्छ भनेका कारण ती बालबालिकाले खाजा खान नमानेको शिक्षकहरु बताउँछन् ।
बिहीबार मध्याह्न १२ बजेतिर खाजा पकाउने तयारी गर्न लाग्दा ६ र ७ कक्षाका गैरदलित बालबालिकाले दलितले पकाएको खाँदैनौं भन्दै भान्साकोठामा ताला लगाएको खाजा पकाउने सहयोगी निर्मला नेपालीले बताइन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया