प्रदेश १ को पहिलो बैठक – सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ४ फागुन – प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको पहिलो बैठकले सहिदहरूको सम्मान र स्मृतिमा प्रदेशका विभिन्न ठाउँमा नमुना बस्ती निर्माण गर्ने निर्णय लिएको छ।
  • मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शेरधन राईले पहिलो बैठकको निर्णय सुनाउँदै भने, ‘प्रदेश १ मा परिवर्तनका लागि भएका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनक्रममा शाहदत प्राप्त गरेकाहरूको सम्मानमा नमूना बस्ती निर्माण गर्ने निर्णय गरिएको छ ।
  • ’ उनका अनुसार ताप्लेजुङको ढुंगेसा“घु, झापाको सुखानी, ओखलढुंगाको रामपुर, धनकुटाको छिन्ताङ, भोजपुरको वासीखोरा र पूर्णैडा“डा, संखुवासभाको स्याबुङ, पाचथरको पहेंलेकोट, तेह्रथुमको आम्दुङ र आठराईमा  सहिदको स्मृतिमा नमुना बस्ती बनाइने छ।

काठमाडौं, ४ फागुन – प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको पहिलो बैठकले सहिदहरूको सम्मान र स्मृतिमा प्रदेशका विभिन्न ठाउँमा नमुना बस्ती निर्माण गर्ने निर्णय लिएको छ।

मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शेरधन राईले पहिलो बैठकको निर्णय सुनाउँदै भने, ‘प्रदेश १ मा परिवर्तनका लागि भएका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनक्रममा शाहदत प्राप्त गरेकाहरूको सम्मानमा नमूना बस्ती निर्माण गर्ने निर्णय गरिएको छ ।’

उनका अनुसार ताप्लेजुङको ढुंगेसा“घु, झापाको सुखानी, ओखलढुंगाको रामपुर, धनकुटाको छिन्ताङ, भोजपुरको वासीखोरा र पूर्णैडा“डा, संखुवासभाको स्याबुङ, पाचथरको पहेंलेकोट, तेह्रथुमको आम्दुङ र आठराईमा  सहिदको स्मृतिमा नमुना बस्ती बनाइने छ। आजको नागरिक दैनिकमा खबर छ ।

बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४, कार्यसम्पादन नियमावली २०७४ र लिखत प्रमाणीकरणसम्बन्धी कार्यविधि पनि  पारित गरेको छ ।

पाँच सदस्यीय मन्त्रिपरिषद् 

यसअघि बिहीबारै मुख्यमन्त्री राईले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । हिक्मत कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री, जीवन घिमिरे सामाजिक विकास मन्त्री, इन्द्र आङ्बा आर्थिक मामिला तथा योजना मन्त्री र जगदीशप्रसाद कुसियत उद्योग पर्यटन तथा वातावरण मन्त्री भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रियंकाका प्रेमि निक जोनसले लगाए कुर्ता–पाइजामा
प्रियंकाका प्रेमि निक जोनसले लगाए कुर्ता–पाइजामा
सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी
सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लाउनु पर्ने
मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लाउनु पर्ने
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
सचिवालय बैठक बोलायो नेकपा एसले
सचिवालय बैठक बोलायो नेकपा एसले
हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक
हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक
हतियार बुझ्ने क्रममा एकजना प्रहरी जवान घाइते
हतियार बुझ्ने क्रममा एकजना प्रहरी जवान घाइते
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु