आलोकनगर फोहरमुक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
आलोकनगर फोहरमुक्त

सारांश

  • काठमाडौँ, ६ फागुन, टोलका महिला जुटेर सफाइ अभियानमा लागेको ४५ हप्तामा काठमाडौँ महानगरपालिका–३१ मीनभवनस्थित आलोकनगर फोहरमुक्त भएको छ ।
  • आलोकनगरका ठाउँ ठाउँमा डोको बाँधेर राखिएको छ ।
  • स्थानीयवासीले त्यही डोकामा ल्याएर फोहर हाल्न थालेपछि सो क्षेत्रमा मास्कबिना हिँड्न सकिने देखिएको ‘क्लिन काष्ठमण्डप’का अभियानकर्मी केपी खनालले जानकारी दिनुभयो ।

काठमाडौँ, ६ फागुन, टोलका महिला जुटेर सफाइ अभियानमा लागेको ४५ हप्तामा काठमाडौँ महानगरपालिका–३१ मीनभवनस्थित आलोकनगर फोहरमुक्त भएको छ ।

आलोकनगरका ठाउँ ठाउँमा डोको बाँधेर राखिएको छ । स्थानीयवासीले त्यही डोकामा ल्याएर फोहर हाल्न थालेपछि सो क्षेत्रमा मास्कबिना हिँड्न सकिने देखिएको ‘क्लिन काष्ठमण्डप’का अभियानकर्मी केपी खनालले जानकारी दिनुभयो ।

अभियान गत पुस २७ गते शुरु भएको थियो । “डोकोमा जम्मा पारेर राखिएको फोहर महानगरपालिकाले नउठाउँदा भने समस्या परेको छ, आफ्ना सफाइ कर्मचारी परिचालन गरेर फोहर उठाउन नसकेको महानगरपालिकाले टोलवासीले उठाइदिएको फोहरसमेत व्यवस्थापन गरेन”, उहाँले भन्नुभयो ।

आलोकनगरका सकारात्मक मातृशक्ति समूहमा आबद्ध महिलाले सफाइमा उदाहरणीय काम गरेपछि अभियानले आज उनीहरुलाई ३० ‘डष्टबिन’ हस्तान्तरण ग¥यो । ‘डष्टविन’ हस्तान्तरण गर्दै जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले धुलो, धुवाँ एवं मास्क लगाउने मानिसमुक्त काठमाडौँ बनाउने अभियानमा मन्त्रालय लागेको जानकारी दिनुभयो ।

“अब सार्वजनिकस्थलमा कसैले फोहर फालेमा कानूनमा व्यवस्था भएअनुसार कारबाही हुन्छ, राजधानीलगायत शहरमा प्लाष्टिकले धेरै फोहर गरेको छ, प्लाष्टिक, सुर्ती, खैनी एवं रिचार्ज कार्डका खोलले पनि धेरै फोहर बढाएका छन्, यस्ता चिज उत्पादन गर्ने संस्थाले नै व्यवस्थापन गर्नुपर्छ, यसका लागि छलफल अघि बढाउँछु”, उहाँले भन्नुभयो ।

सो अवसरमा सफाइलगायत सामाजिक अभियान चलाइरहेको ‘दाह्री ग्याङ’, वाग्मती सफाइ महाअभियानका किशोरसिंह शाही, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन, आलोकनगर सफाइ अभियानकी प्रमिला पौडेललगायतले गाउँ, टोल सफाइ गरे शहर एवं नगर सफा हुने बताउनुभयो ।

सो अवसरमा एक घण्टा सफाइ गरी पाँच डोको फोहर पनि उठाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाज वैशाख १२ गते:  कहाँ के-के घटना घटे ?
अाज वैशाख १२ गते: कहाँ के-के घटना घटे ?
एनसेलको शेयर खरिद बिक्री राेकेर अनुसन्धान गर्न सरकारलाई लेखा समितिकाे निर्देशन
एनसेलको शेयर खरिद बिक्री राेकेर अनुसन्धान गर्न सरकारलाई लेखा समितिकाे निर्देशन
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
अविरल वर्षाका कारण जनकपुर जलमग्न
अविरल वर्षाका कारण जनकपुर जलमग्न
काउन्टर नखुल्दा  बसपार्कमा लफडा,  सुरक्षा बढाइयो
काउन्टर नखुल्दा बसपार्कमा लफडा, सुरक्षा बढाइयो
प्रधानमन्त्री कप भलिबल : टिपटप, आर्मी र सैलुङको जित
प्रधानमन्त्री कप भलिबल : टिपटप, आर्मी र सैलुङको जित
काठमाडौंमा आइपुगे यी विशिष्ट पाहुना, आजदेखि एशिया प्यासिफिक समिट
काठमाडौंमा आइपुगे यी विशिष्ट पाहुना, आजदेखि एशिया प्यासिफिक समिट
न्यायाधीश दीपकराज जोशी सोमवारसम्म बिदामा
न्यायाधीश दीपकराज जोशी सोमवारसम्म बिदामा
पीपीएल क्रिकेटः विराटनगरमाथी विनाेदकाे अाक्रमण, पाेखरा ५८ रनले विजयी !
पीपीएल क्रिकेटः विराटनगरमाथी विनाेदकाे अाक्रमण, पाेखरा ५८ रनले विजयी !

तपाईंले छुटाउनुभयो कि?