प्रेमको सहर

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रेमको सहर

सारांश

  • तारा पराजुली स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने कमै साहित्यकारहरु मध्येमा पर्छिन् , तारा पराजुली ।
  • साहित्यमा सक्रिय पराजुली स्थानीय तह निर्वाचनमा बेलबारी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी हुन् ।
  • जनप्रतिनिधिका नाताले जनसेवासँगै साहित्यलाई पनि सँगसँगै हिडाउने कोसिसमा छिन् उनी ।

तारा पराजुली

स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने कमै साहित्यकारहरु मध्येमा पर्छिन् , तारा पराजुली । साहित्यमा सक्रिय पराजुली स्थानीय तह निर्वाचनमा बेलबारी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी हुन् । जनप्रतिनिधिका नाताले जनसेवासँगै साहित्यलाई पनि सँगसँगै हिडाउने कोसिसमा छिन् उनी । यहाँ प्रस्तुत छ, उनै तारा पराजुलीको “प्रेमको सहर”

तिमी स्वीकार
या नस्वीकार जे गर
तर हामीले प्रेम दिवस
थाहा हुनु भन्दा धेरै अघि
पढेका हौँ प्रेमको वर्णमाला
उतिबेलै हामी आफैंले उठाएका हौँ
प्रेमको बढेमान पर्वत
त्यहीँ बनाएका हौँ
प्रेमकै इँट्टा इँट्टा जोडेर
सुरक्षित घर बनाएका हौँ
भव्य शहर
अनि बसाएका हौँ
उज्यालो वस्ती र एकाअर्कालाई गरेका हौँ
बेस्सरी प्रेम
त्यो समय एकसाथ
सयौं सूर्यहरु उदाएको समय
अचानक भेटिएका थियौँ हामी ।

यो सहर,
जहाँ, जसरी फूलबाट छुट्टाउन सकिन्नं
सुवास जसरी आगोबाट छुट्टाउन सकिन्नं
राप त्यसैगरी छुट्टाउन सकिन्न अनुहारबाट
समावेशी आभा
र, अलग्याउन सकिन्नं
मनको आलिशानबाट प्रेमको लोकप्रिय लय ।

नहिँडुन्जेल बाटो झाडी बन्छ
हिंड्दै गएपछि गोरेटो बन्छ
यस्तै ससाना गोरेटोहरु भेटिएर
हामी चौडा सडक बन्यौँ ।

झाङहरुबाट चिया टिपेझैँ
उमेरका रङ्हरु टिपेर
रङ्गै रङ्गको इन्द्रेणी बनायौँ
फूलहरुको वस्तीवीच
कहिले फूल त कहिले सुगन्ध बाच्यौँ ।

रहरको लट्टाइमा फनफनी बाँधिएर
विश्वासको चङ्गा अग्लिरहयौँ
यो यस्तो उचाइ
यहाँ भन्दा माथि अर्को आकाश छैन
तमाम तारा नक्षत्रहरु यतै छन्
यो यस्तो प्रेमको सहर
जहाँबाट संसार देख्न सकिन्छ
कैयौंपटक देखेका हौँ
यहीँबाट हामीले विसङ्गत र असभ्य शर्तहरु
असिनाजस्तै बिलाएर
उल्टो बगेको अनि
पहिलोपटक यही सर्वोच्च प्रेम शिविरमाथि
बसेर गाएको हो हामीले प्रेम गीत
र एक–एक टुक्रा कलेजो निचिरेर
रातो मसीले लेखेको हो
प्रेमको सर्वमान्य र सार्वभौम सिद्धान्त ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Man Bahadur Lama

    Sundar , meaningful poem.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?