गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • म्याग्दी, १३ फागुन, धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ ।
  • वडा समितिको आजको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास वतथा प्राकृतिक स्रोत एवं साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भएबमोजिम स्वायत्त क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरेको वडाध्यक्ष झकबहादुर छन्त्याल बताउनुभयो ।
  • छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आवश्यक मापदण्ड पूरा हुने भएकाले गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन गाउँपालिका, जिल्ला समन्वय समिति, प्रदेशसभा, प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै संघीय सरकारलाई अनुरोध गरेको छ ।

म्याग्दी, १३ फागुन, धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ ।

वडा समितिको आजको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास वतथा प्राकृतिक स्रोत एवं साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भएबमोजिम स्वायत्त क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरेको वडाध्यक्ष झकबहादुर छन्त्याल बताउनुभयो ।
छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आवश्यक मापदण्ड पूरा हुने भएकाले गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन गाउँपालिका, जिल्ला समन्वय समिति, प्रदेशसभा, प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै संघीय सरकारलाई अनुरोध गरेको छ ।

‘‘उच्च हिमाली काखमा रहेको गुर्जामा अल्पसंख्यक छन्त्याल जातिको बसोबास रहेको छ, छुट्टै वेशभूषा, भाषा, संस्कृति र परम्परा रहेको सो क्षेत्रलाई स्वायत्त तथा संरक्षित क्षेत्रका लागि आवश्यक मापदण्ड पुगेकाले सम्बन्धित निकायमा माग गरेका हौँ,’’, वडाध्यक्ष छन्त्यालले भन्नुभयो ।

जिल्ला सदरमुकाम बेनीदेखि २६ कोश टाढाको गुर्जा गाउँपालिकाको केन्द्र मुनाको घट्टेखोलादेखि एक दिनको पैदलदूरीमा अवस्थित छ । वरिपरि हिमाल, घनाजंगल र अग्ला पहाडका बीचमा अवस्थित गुर्जामा भौगोलिक विकटताका कारण राज्यको सेवा सुविधा र पहुँच सहज तवरले अझै पुग्न सकेको छैन ।

प्राकृतिक स्रोत र साधनले परिपूर्ण गुर्जामा धौलागिरि हिमशृंखलाअन्तर्गत पर्ने गुर्जामा गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल तथा मुलुककै एक मात्र आरक्ष ढोरपाटन शिकार आरक्षसमेत समेटिएको छ । म्याग्दीको ‘एक गाउँ एक वडा’ का रुपमा चिनिएको गुर्जा बागलुङ, रुकुम र डोल्पासँग सिमाना जोडिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?