चर्चा, चर्चा, फेरि चर्चामा आएका रेशम चौधरीको अब के होला ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
४५ पटक हेरिएको
Shares
चर्चा, चर्चा, फेरि चर्चामा आएका रेशम चौधरीको अब के होला ?

सारांश

  • रेशम चौधरी ।
  • हो, २०७२ भदौ ७ गतेको टीकापुर घटनापछि रेशम चौधरी एकाएक चर्चाको चुलीमा पुगे ।
  • टीकापुर घटनाको नामले चर्चित यो घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ५ प्रहरी, २ सशस्त्र प्रहरी र १ नाबालकको मृत्यु भएको थियो ।

रेशम चौधरी । हो, २०७२ भदौ ७ गतेको टीकापुर घटनापछि रेशम चौधरी एकाएक चर्चाको चुलीमा पुगे । टीकापुर घटनाको नामले चर्चित यो घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ५ प्रहरी, २ सशस्त्र प्रहरी र १ नाबालकको मृत्यु भएको थियो ।

रेशम चौधरी । हो, उनै रेशम चौधरी प्रहरीको “मोष्ट वाण्टेड” सूचीमा रहेकै बेला २०७४ मंसिर २० गते दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफू “फरार” रहेकै अवस्थामा कैलाली– १ बाट वाम गठबन्धनका बलिया उम्मेदवारलाई पनि झण्डै तेब्बर मतले पछार्दै प्रतिनिधिसभामा विजयी भएपछि फेरि एकपटक चर्चामा रहे । कुनै प्रचारै नगरी “मोष्ट वाण्टेड” रेशम चौधरी वामगठबन्धनको हुरीबतासलाई ठप्प पारेर विजयी हुँदा उनको चर्चा चुलिएको थियो ।

हो, उनै रेशम चौधरी । २०७४ फागुन १४ गते बिहानैदेखि एकाएक चर्चामा तेहरिएका छन् । उनी चर्चामा आउनुको यसपालिको कारण बन्यो, अदालतमा आत्मसमर्पण । अचानक अदालतको शरणमा पुगेको खबरले उनको चर्चा आउनु स्वाभाविक भएको छ ।

प्रतिनिधिसभा सदस्यमा तेब्बर मतले विजयी
टीकापुर घटनाको मुख्य अभियुक्त भनिएका रेशम चौधरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ३४ हजार ३ सय ४१ मत ल्याई प्रतिनिधि सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाहले जम्मा १३ हजार ४ सय ६ मतमै चित्त बुझाएकी थिइन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले पनि जम्मा ११ हजार २ सय ३ मतमै खुम्चिएकी थिइन् । टीकापुर घटनाको मुख्य अभियुक्तको रुपमा रहेका चौधरी २६ महिनादेखि प्रवासमा बस्दै आएका थिए । प्रवासबाटै वारिसनामार्फत उम्मेदवारी दिएका चौधरी प्रतिनिधिसभामा निर्वाचित भएपनि भूमिगत नै थिए । उनले प्रमाणपत्र नै प्राप्त गर्न सकेका छैनन् ।

रेशम चौधरीको पृष्ठभूमि
कैलालीको जानकी गाउँपालिका– ६ (साविक दुगौली गाविस–९) जगतपुरमा २०३४ साल असोज २१ गते रेशम चौधरी जन्मेका थिए । सानैदेखि साहित्य, गायन, खेलकुद, वक्तृत्वकलामा रुची भएका रेशमले राष्ट्रिय प्राथमिक विद्यालय पटाभार बर्दियाबाट प्रारम्भिक शिक्षा र वीरेन्द्र विद्यामन्दिर टीकापुरबाट माध्यमिक शिक्षा पूरा गरेका थिए । उनी त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर हुन् ।

समयले राजनीतिमा होमिदिए पनि उनी साङ्गीतिक क्षेत्रमा उत्तिकै रुची राख्थे । रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायकको रुपमा पनि उनी थारु समुदायमा परिचित छन् । चौधरीले ९३ वटा गीतिएल्बम बजारमा ल्याइसकेको बताइएको छ । खेलकुदका शौखिन उनले कराँतेमा पनि थ्री डन प्राप्त गरेका छन् भने खेल क्षेत्रमै स्थायी जागिरे थिए । उनले राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, शुक्ल दीक्षित पुरस्कार, जयराज जैरु प्रकोप उद्धार पदक, गद्धी आरोहण पदकलगायत थुप्रै राष्ट्रिय पुरस्कार तथा पदक प्राप्त गरिसकेका छन् ।

थारु भाषाको जोग्नी साहित्य पत्रिका परिवारको प्रधान सम्पादक रहेका चौधरीले २०५१ सालमा “विरही” नामक कविता संग्रह र “मोर बिहान” नामक कृति प्रकाशित गरेका छन् । साहित्य र पत्रकारितालाई सँगसँगै अगाडि बढाएका चौधरीले रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सगरमाथा लगायतमा काम गरेको लामो अनुभव हासिल गरेका छन् । टीकापुरसहित ३ स्थानमा उनको फूलबारी एफएम छन् ।

टीकापुर घटनाअघि पनि चर्चामै रेशम
धेरै क्षेत्रमा प्रतिभा देखाउन सफल रेशम चौधरी सञ्चारको पहुँच नपुग्दै तत्कालीन टीकापुरमा फूलबारी एफएम सञ्चालन गरेर चर्चामा आएका थिए । टीकापुरमै फूलवारी महोत्सव सञ्चालन गर्ने, हात्तीहरुको फुटबल खेल देखाउने, रेसलिङ खेलको आयोजना गरेर पनि उनी बेलामौकामा चर्चामा आइरहन्थे ।

नयाँ नेपालको नयाँ संविधान बन्ने क्रममा अखण्ड सुदूरपश्चिम र थरुहट÷थारुवान आन्दोलन उत्कर्षमा पुग्दा टीकापुर घटना भएको थियो । थरुहट आन्दोलनको प्रत्यक्ष नेतृत्व गरेको र त्यही समय टीकापुर घटना भएकाले उनी मुख्य अभियुक्त मानिएका छन् । जनताले अत्यधिक मतदान गरेर उनलाई चोख्याइसकेका छन् । यता, धेरै सोंचविचार र परामर्शपछि उनले अदालतकै शरणमा जाने विकल्प रोजेका छन् । प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि आफू निर्दोष रहेकोले त्यो प्रमाणित गर्ने बताएका चौधरीको भविष्य के होला ? त्यो भविष्यले नै बताउने छ ।

यो पनि पढ्नुहोस्

https://shikharkhabar.com/2018/02/26/53712/

यो पनि पढ्नुहोस्

https://shikharkhabar.com/2018/02/26/53698/

यो पनि पढ्नुहोस्

https://shikharkhabar.com/2018/02/26/53677/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
चैत ७ गते सोमवारको राशिफल यस्तो छ
चैत ७ गते सोमवारको राशिफल यस्तो छ
आफ्नो मताधिकार प्रयोग गर्न पांउदा हर्ष र गौरवको अनुभूति गरेको छु -कमल थापा
आफ्नो मताधिकार प्रयोग गर्न पांउदा हर्ष र गौरवको अनुभूति गरेको छु -कमल थापा
कतारमा ११ नेपाली कोमामा, को को छन् सूचिसहित
कतारमा ११ नेपाली कोमामा, को को छन् सूचिसहित
उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान
उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान
एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
आजदेखि नयाँ नोट साट्न पाइने
आजदेखि नयाँ नोट साट्न पाइने
नामिबियालाई हरायो स्कटल्यान्डले
नामिबियालाई हरायो स्कटल्यान्डले
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण