एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य

सारांश

  • ओली सरकार गठनको तीन साता हुँदा पनि सरकारले पूर्णता पाउन सकेन ।
  • चुनाव सम्पन्न गराउने प्रयोजनका लागि देउवा सरकारले केही समय लिँदा निर्वाचित सरकारलाई अवसर नदिएको आरोप लगाउनमै एमाले नेताहरूले समय खर्चिए ।
  • तर निर्वाचनको तीन महिनाअघि नै पार्टी एकतामा जाने वाचा गरेका एमाले र माओवादी केन्द्र अहिले पनि एक हुन सकेका छैनन् ।

ओली सरकार गठनको तीन साता हुँदा पनि सरकारले पूर्णता पाउन सकेन । चुनाव सम्पन्न गराउने प्रयोजनका लागि देउवा सरकारले केही समय लिँदा निर्वाचित सरकारलाई अवसर नदिएको आरोप लगाउनमै एमाले नेताहरूले समय खर्चिए । तर निर्वाचनको तीन महिनाअघि नै पार्टी एकतामा जाने वाचा गरेका एमाले र माओवादी केन्द्र अहिले पनि एक हुन सकेका छैनन् । यही कारण मन्त्री बनाउने प्रधानमन्त्रीको अधिकार खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमा विभाजित छ । एउटै पार्टी बनाइरहँदा मन्त्रालयको दलगत विभाजनमै उनीहरू अल्मलिएका छन् ।

तर सरकारले पूर्णता नपाउनुको दोष एमाले र माओवादी नेताहरूले उपेन्द्र यादवलाई लगाइरहेका छन् । सरकारको स्थायित्वका लागि उपेन्द्रको मन्त्रिपरिषद्मा उपस्थिति जरुरी छैन । दुई मन्त्रालय मागेर सत्ता साझेदार हुन तयार देखिएको संघीय समाजवादी फोरमलाई एक मन्त्रीमा मनाउने कसरतमा प्रधानमन्त्री ओली देखिएका थिए । कुरा मिल्दै गरेको भनिइरहँदा उनको माग तीन मन्त्रालयमा उक्लेको छ । फोरमका तर्फबाट उपराष्ट्रपति वा उपसभामुखसम्मको माग मुखरित भएको खबर आएका छन् ।

यी खबर सत्य हुन् भने उपेन्द्र यादव सत्तामा समाहित हुने कारणले सरकारले पूर्णता नपाएको भन्नु नागरिकलाई मूर्ख बनाउने प्रयत्न हो । मूलतः मन्त्री छान्ने एकाधिकार पाएका एमाले अध्यक्ष ओली आफैं मन्त्रीहरू खटाई खटाई नियुक्त गरिरहेका छन् । एमालेभित्र भन्दा ठूलो सकस माओवादीभित्र रहेको अनुमान गर्न किन पनि कठिन छैन भने अहिले जो मन्त्री भए, उनीहरू हिजो पार्टी छाडेर फेरि फर्किएकाहरू मात्रै छन् । पार्टीमा टिकेका र पार्टीका लागि काम गरेकाहरू फेरि पनि बाहिरिने अवस्था छ । सारमा मन्त्रिपरिषद् विस्तारमा आएको अवरोध स्थायी सरकार दिने चाहनाले एक ठाउँमा उभिएका दुई दलबीचको सकस हो ।

एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ? सरकार बन्ने कसरत चलिरहँदा आमनागरिकका मनमा यो प्रश्न उब्जिएको छ । एमाले माओवादीलाई देउवा सरकार रहँदै सरकार बनाउने सहमतिमा पुग्न कसैले रोकेको थिएन । ओली प्रधानमन्त्री बन्ने कुरामा कोही कसैमा द्विविधा र शंका छँदै थिएन । आवश्यक मन्त्रणाका लागि छिमेकी मित्रलाई भावी प्रधानमन्त्रीका हैसियतमा ओलीले उतिबेलै निम्तो दिएर भेटघाटको क्रम पनि सकेकै थिए । सम्भवतः आवश्यक सुझाव प्राप्त भएकै थियो । उनका लागि मन्त्रालयका नामाकरण र संख्या निर्धारण गर्न अनुभवी कर्मचारीतन्त्रको अभाव थिएन । सत्तारोहण गर्नै लागेको दललाई सघाउन पूरै सरकारी संयन्त्र बालकोटमा हाजिर हुन तयारै थियो । र, पनि उपेन्द्र यादवलाई कुरेर प्रधानमन्त्री ओली किन बसिरहे ?
यसका दुई कारण हुन सक्छन् ।

पहिलो कारण, छिमेकी मित्रको आगमन समयभन्दा अघि भयो । उसबेला उपेन्द्रको आवश्यकता छिमेकीले अनुभव गर्न पाएकै थिएन । हुन सक्छ, अहिले दूरभाष सन्देशका आधारमा प्रधानमन्त्री ओली उपेन्द्रलाई सत्तारोहण गराउनुपर्ने कसरतमा लाग्न बाध्य भएका छन् । दोस्रो कारण हुन सक्छ– एमाले माओवादीमा अधिनायकवादको दम्भ चढेको छ । यो दम्भलाई संविधानमा भएको दुई तिहाइको प्रावधानले रोक्छ । दुई तिहाइ बहुमतका साथ सरकार बनाउँदा संविधानमा चाहे जस्तो परिवर्तन र संवैधानिक निकायका प्रमुखलाई महाभियोगको त्रासमा राखेर आफूखुसी शासन गर्न पाइने छ । अन्यथा दुई तिहाइ बहुमत नभएका कारण सरकारलाई पूर्णता दिन ढिलाइ गर्नुको कुनै कारण छैन । सामान्य बहुमतबाटै सरकार बन्छ । कथं बहुमत भएन र माओवादीले साथ नदिएको हुन्थ्यो भने पनि एमाले एक्लैलाई अल्ममतको सरकार बनाउने सुविधा थियो । भलै त्यस अवस्थामा प्रचण्डले बहुमतको मिलीजुली सरकार बनाउने खतरा रहन्थ्यो ।

सरकार छाड्न देउवामाथि दबाब नै सिर्जना गर्नुपर्ने कुनै कारण थिएन । तर बितेका अढाई महिना खासगरी एमालेले आफ्नो ऊर्जा गलत ठाउँमा प्रयोग ग¥यो । अहिले उसलाई अनुभूति भएको हुनुपर्छ, सरकार छाड्न दबाब दिनु जति सजिलो सरकार बनाउन होइन रहेछ । हिजो उनै प्रचण्डको साथ लिएर ओलीले प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । अहिले उनै प्रचण्डलाई एउटै पार्टीका कमरेड हौं भनेर हिँडिरहँदा सरकार बनाउन किन यति ठूलो सकस भएको छ रु समयले यसको उत्तर अवश्य दिने नै छ ।

तरुण खबरका लागि डा .सुरेश आचार्यको लेख!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
कोरोना असरः अन्तराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु कम
कोरोना असरः अन्तराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु कम
उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज
उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज
पाँचथरमा आगलागी, दुई जनाकाे ज्यान गयाे
पाँचथरमा आगलागी, दुई जनाकाे ज्यान गयाे
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट
नेयमारले २५ वर्षको उमेरमा मेस्सी भन्दा एक र रोनाल्डो भन्दा ११८ गोल बढी गरे
नेयमारले २५ वर्षको उमेरमा मेस्सी भन्दा एक र रोनाल्डो भन्दा ११८ गोल बढी गरे
गुल्मी-२ मा रोचक भिडन्त: एमालेका गोकर्ण विष्ट र रास्वपाका पन्थीबीच ७५५ मतान्तर।
गुल्मी-२ मा रोचक भिडन्त: एमालेका गोकर्ण विष्ट र रास्वपाका पन्थीबीच ७५५ मतान्तर।
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
मठ मन्दिरहरुमा मागेर बस्न पाउनु जायज की नाजायज ?
मठ मन्दिरहरुमा मागेर बस्न पाउनु जायज की नाजायज ?
ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’
ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’

तपाईंले छुटाउनुभयो कि?