यी हुन् माओवादीबाट मन्त्री बन्ने भाग्यमानी
सारांश
- काठमाडौं, २ चैत ।
- माओवादी केन्द्रले पाँच मन्त्रीको नाम सार्वजनिक गरेको छ ।
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम बुझाएका हुन् ।
काठमाडौं, २ चैत । माओवादी केन्द्रले पाँच मन्त्रीको नाम सार्वजनिक गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम बुझाएका हुन् ।
माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी यसअघि अर्थमन्त्री भइसकेका हुन् । त्यस्तै, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, शक्ति बस्नेत वन मन्त्री बन्ने भएका छन् । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका छन् भने बस्नेत चाहिँ पूर्वगृहमन्त्री हुन् । यसैगरी चक्रपाणि खनाल कृषि तथा सहकारी र बिना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Puran Dhami
के भाग्यमानी भन्नू नि आफन्तबाद क्रिपाबाद जसको आगाडी उसले नै तान्यो नि।दक्ष्य नेतालाई त्यहाँ पुग्न दिदैनन्।