चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०७४
|
|
११४ पटक हेरिएको
Shares
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं

सारांश

  • राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको चुनावका लागि तीन शर्त अघि सारेको छ ।
  • यो माग पुरा नभए आफूले भाग नलिने मात्र नभई मधेसमा चुनाव नै हुन नदिने उसको चेतावनी छ ।
  •   राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चुनावका लागि संविधान संशोधन, तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या बृद्धि र आन्दोलनकारीहरुमाथि लागेको मुद्दा फिर्ता हुनु पर्ने आफूहरुको शर्त भएको बताए ।

राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको चुनावका लागि तीन शर्त अघि सारेको छ । यो माग पुरा नभए आफूले भाग नलिने मात्र नभई मधेसमा चुनाव नै हुन नदिने उसको चेतावनी छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चुनावका लागि संविधान संशोधन, तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या बृद्धि र आन्दोलनकारीहरुमाथि लागेको मुद्दा फिर्ता हुनु पर्ने आफूहरुको शर्त भएको बताए ।

रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा महतोले भने, ‘जेठ ४ गते संसद बैठक राखिएको छ । त्यसबेलासम्म हाम्रा तीन माग पुरा भएन भने चुनाव हुन सक्दैन ।’

प्रतिवद्धता अनुसार संविधान नभएका कारण पहिलो चरणको चुनावमा आफूहरुले भाग लिन नपाएको भन्दै उनले अहिले पनि आफूहरुलाई बाहिरै राख्ने प्रयास भइरहेको बताए । उनले भने, ‘क्लियरकट कुरा बुझिहाल्नुस् । त्यस्तो चुनावमा भाग लिँदैनौं र हुन पनि दिँदैनौं ।’

राजपा नेपालका नेता महतोले जेठ ४ गतेसम्म माग पुरा नभए आन्दोलनको घोषणा हुने बताए । संविधान संशोधन नभई चुनाव हुनसक्दैन भन्ने उपेन्द्र यादव नै चुनावमा गएपछि केहीलाई भ्रम परेको भन्दै उनले अघि भने, ‘राजपा नेपाल र संघीय गठवन्धन पनि यसरी नै मुद्दा छाडेर चुनाव आउँछ भन्ने नठान्नुस् । हामी सम्झौता गर्दैनौं ।’

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र एमालेतर्फ संकेत गर्दै उनले अबको आन्दोलन संविधान संशोधन हुन नदिनेसँगै मुद्दा छाड्नेविरुद्ध पनि हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
रुसमा कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण सफल भएको दावी
रुसमा कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण सफल भएको दावी
काँग्रेसको चौधौंँ महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग
काँग्रेसको चौधौंँ महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग
पत्रकारकाे फेक अाइडि बनाएर अस्पताललाइ हप्ताकाे पाँचहजार मागेपछि…
पत्रकारकाे फेक अाइडि बनाएर अस्पताललाइ हप्ताकाे पाँचहजार मागेपछि…
विहारमा नितिश नेतृत्वको गठबन्धनलाई अग्रता
विहारमा नितिश नेतृत्वको गठबन्धनलाई अग्रता
तिवारीको शव यात्रामा हजारौ सहभागी…
तिवारीको शव यात्रामा हजारौ सहभागी…
कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि जारीः निष्कर्षमा पुग्न हम्मे हम्मे
कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि जारीः निष्कर्षमा पुग्न हम्मे हम्मे
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय