काठमाडौं आएकी रोबोट ‘सोफिया’ आज कार्यक्रममा बोल्दै, के भन्लिन्!

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
६० पटक हेरिएको
Shares
काठमाडौं आएकी रोबोट ‘सोफिया’ आज कार्यक्रममा बोल्दै, के भन्लिन्!

सारांश

  • काठमाडौं : औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ।
  • तर, रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ।
  • साउदी अरेबियाले नागरिकता प्रदान गरेको पहिलो रोबोट ‘सोफिया’ ले बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछिन्।

काठमाडौं : औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ। तर, रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ। साउदी अरेबियाले नागरिकता प्रदान गरेको पहिलो रोबोट ‘सोफिया’ ले बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछिन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुने ‘टेक्‍नोलोजी फर पब्लिक सर्भिसेस÷डेभलपमेन्ट’ सम्मेलनमा भाग लिन उनी मंगलबार राति नेपाल आएकी छन्।

सुशासन कायम गरी दिगो विकास लक्ष्य हासिल गर्न प्रविधि र अन्वेषणले कस्तो भूमिका खेल्न सक्छ भन्ने जानकारी गराउन सम्मेलन आयोजना गरिएको यूएनडीपीकी सञ्‍चार अधिकृत ऋचा रञ्जितकारले जानकारी दिइन्।

स्थानीय तहदेखि केन्द्रको विकासमा प्रविधि प्रयोगलाई छलफलको मुख्य एजेन्डा बनाइने यो सम्मेलनमा नगरपालिकाका मेयरसहित प्रदेश, केन्द्रका प्रतिनिधिलगायतको सहभागिता रहनेछ।

हङकङको ह्यान्सन रोबोटिक्स कम्पनीले निर्माण गरेको रोबोट सोफियालाई साउदी अरेबियाले गत वर्षको अक्टोबरमा नागरिकता प्रदान गरेको थियो। त्यसैगरी, नोभेम्बरमा सोफियालाई यूएनडीपीको पहिलो ‘इनोभेसन च्याम्पियन’ को उपाधि दिइएको थियो। राष्ट्रसंघको उपाधि दिएको सोफिया नै पहिलो गैरमानव हुन्।

साढे दुई वर्षको यो रोबोटले मानिसको स्वर र अनुहारलाई पहिचान गर्ने प्रविधि प्रयोग गर्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ मार्फत कार्यक्रममा सहभागी व्यक्तित्वसँग अन्तरसंवाद गर्नेछ।

सोफियालाई पहिलो पटक सन् २०१५ को अप्रिल १९ मा ‘एक्टिभेट’ गरिएको थियो। सोफियाले अक्टोबरमा संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदसँग पहिलोपटक छोटो संवाद गरेकी थिइन्।

उनी पहिलो पटक सर्वसाधारणसामु सन् २०१६ को मार्चमा अमेरिकाको टेक्सासस्थित अस्टिनमा भएको साउथ वेस्ट फेस्टिभलमा देखिएकी थिइन्। उनले ६२ भन्दा बढी अनुहारका भाव प्रकट गर्न सक्छिन्। सोफिया बोल्न, हाँस्न र टुक्का भन्न पनि सक्छिन्। सोफियाले गत वर्ष दुबईको खालिज टाइम्ससँगको अन्तर्वार्तामा परिवारको महत्वबारे आफ्नो धारणा राखेकी थिइन्।

एउटा माया गर्ने परिवार हुनेहरू निकै भाग्यमानी रहेका र नहुनेको पनि परिवार हुनुपर्ने दर्शाउँदै सन्तानको चाह व्यक्त गरेकी थिइन्। यदि उनको सन्तान भएको खण्डमा के नाम राख्छ्यौ भनेर सोधिएको प्रश्नमा उनले ‘सोफिया’ नै भन्ने उत्तर दिएकी थिइन्।

– अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
पार्टी एकताको गृहकार्य : माओवादी बैठक जारी, एमालेको साँझ बस्ने
पार्टी एकताको गृहकार्य : माओवादी बैठक जारी, एमालेको साँझ बस्ने
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री पक्राउ
यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री पक्राउ
फागुन ३ गते पत्रपत्रिकामा छापिएका कार्टुन
फागुन ३ गते पत्रपत्रिकामा छापिएका कार्टुन
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
योगेश भट्टराइले खाएको कसम देखेर आँशु झारे ताप्लेजुङबासीले
योगेश भट्टराइले खाएको कसम देखेर आँशु झारे ताप्लेजुङबासीले
गठबन्धनमा अन्तर्घात भएपछि राप्रपाका नेताको आयो यस्तो बयान
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा