खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३०, २०७४
|
|
८९६ पटक हेरिएको
Shares
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै

सारांश

  • काठमाडौँ : खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ l आयोजक सस्था मध्यका नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल द्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा अवार्ड बारे केही दिनमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने उल्लेख छ ।
  • नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड द्वारा सम्मान गर्दै आएको छ l यहि आउदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारीको लागि अहिले आयोजक सस्था लागि परेको छ l २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ महत्व पनि दिएका छन l चाडैनै खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ दोस्रो संस्करणको बारेमा सम्पूर्ण बिस्तृत जानकारीको साथै अघिल्ला बर्ष भएका गतिबिधि तथा यो बर्ष हुने अन्य गतिविधिको जानकारी गराउने कुरा खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए l नेपाली चलचित्र गाउं देखि विश्व सम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रबर्धन गरि नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजना हुदै आएको ग्लोबल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा बिस्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने कुरा पनि अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए।
  • नेपाल फिल्म सोसाइटीले पहिलो खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड गत वर्षको नोभेम्बर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेन्भरमा सम्पन्न गरेको थियो ।
काठमाडौँ : खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ l
आयोजक सस्था मध्यका नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल द्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा अवार्ड बारे केही दिनमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने उल्लेख छ । नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड द्वारा सम्मान गर्दै आएको छ l यहि आउदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारीको लागि अहिले आयोजक सस्था लागि परेको छ l २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ महत्व पनि दिएका छन l
चाडैनै खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ दोस्रो संस्करणको बारेमा सम्पूर्ण बिस्तृत जानकारीको साथै अघिल्ला बर्ष भएका गतिबिधि तथा यो बर्ष हुने अन्य गतिविधिको जानकारी गराउने कुरा खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए l नेपाली चलचित्र गाउं देखि विश्व सम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रबर्धन गरि नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजना हुदै आएको ग्लोबल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा बिस्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने कुरा पनि अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए।
नेपाल फिल्म सोसाइटीले पहिलो खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड गत वर्षको नोभेम्बर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेन्भरमा सम्पन्न गरेको थियो । दोस्रो संस्करणको अवार्ड सोही स्थानको होटेल क्राउन प्लाजामा गरिने जनाइएको छ । नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने यसपालिको अवार्ड पनि भव्यताका साथ सम्पन्न गरिने भएको छ भने उक्त अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहेका छन् भने आयोजक समितिका अधक्ष्य नायक नबराज श्रेष्ठ रहेका छन् । उक्त कार्यक्रमको मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेका कुरा अधक्ष्य श्रेष्ठले बताए l उक्त अवार्ड कार्यक्रममा नेपाल बाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मधु कुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन l

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न
अवैधरुपमा सञ्चालित क्रसर उद्योगमा ताला
अवैधरुपमा सञ्चालित क्रसर उद्योगमा ताला
यी खेलाडिले स्विकारे फिक्सिङ गरेकाे अाराेप
यी खेलाडिले स्विकारे फिक्सिङ गरेकाे अाराेप
खुमबहादुरको नाममा पूजापाठ
खुमबहादुरको नाममा पूजापाठ
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
माग पूरा नगरे ३२ वटै जिल्लाका प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी
माग पूरा नगरे ३२ वटै जिल्लाका प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
कान्छीको ट्रेलर कस्तो छ ? (भिडियो)
कान्छीको ट्रेलर कस्तो छ ? (भिडियो)

तपाईंले छुटाउनुभयो कि?