खस आर्य विरोधी देखियो इयु, चौतर्फी आलोचना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं : गत मंसिरमा सम्पन्न संघ र प्रदेश निर्वाचन पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको युरोपेली युनियन (ईयू) पुनः विवादमा तानिएको छ।
  • ‘संघीय संसद् र प्रदेशसभामामा खस आर्यलाई समावेश गर्न नहुने’ ईयूले दिएको सुझावलाई लिएर चौतर्फी आलोचना भएको हो।
  • ईयूले नेपालमा जातीय र साम्प्रदायिक द्वन्द्व फैलाउन खोजेको दाबी विभिन्न दलका नेताहरूको छ भने सरकारले पनि ईयूको प्रतिवेदनप्रति कडा आपत्ति जनाइसकेको छ।

काठमाडौं : गत मंसिरमा सम्पन्न संघ र प्रदेश निर्वाचन पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको युरोपेली युनियन (ईयू) पुनः विवादमा तानिएको छ। ‘संघीय संसद् र प्रदेशसभामामा खस आर्यलाई समावेश गर्न नहुने’ ईयूले दिएको सुझावलाई लिएर चौतर्फी आलोचना भएको हो। ईयूले नेपालमा जातीय र साम्प्रदायिक द्वन्द्व फैलाउन खोजेको दाबी विभिन्न दलका नेताहरूको छ भने सरकारले पनि ईयूको प्रतिवेदनप्रति कडा आपत्ति जनाइसकेको छ।

बिहीबार मात्रै पनि निर्वाचन आयोगले ईयूको प्रतिवेदन अस्वीकार गर्ने बताएको छ। आयोगले विज्ञप्ति निकाल्दै ईयूको प्रतिवेदन आयोगसँग भएको समझदारीपत्र विपरीत भएको भन्दै प्रतिवेदन अस्वीकार्य गर्ने जनाएको हो। ईयू प्रतिवेदन आफूसँग भएको समझदारीविपरीत भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत भएको आयोगले प्रस्ट्याएको छ। ‘प्रतिवेदनले कात्तिक ७ (२४ अक्टोबर २०१७) गते ईयू र निर्वाचन आयोगबीच भएको समझदारीपत्र र सो समझदारीपत्रसाथ संलग्न निर्वाचन पर्यवेक्षण आचारसंहिताका १२ वटा बुँदाको गम्भीर उल्लंघन गरेको देखिन्छ’, आयोगको वक्तव्यमा छ।

निर्वाचनसँग सम्बन्धित विषयमा मात्र सुझाव दिन पाइने समझदारी भए पनि ईयूले भने सार्वभौम मुलुकको संवैधानिक व्यवस्थालाई नै चुनौती दिने गरी प्रतिवेदन तयार गरेको आयोगको तर्क छ।

आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पर्यवेक्षणको सीमाबाहिर गई पर्यवेक्षण गर्ने र प्रतिवेदन गर्ने सम्बन्धमा निर्वाचन आयोगले आगामी दिनमा निर्वाचन पर्यवेक्षण गर्ने संस्थालाई अनुमति प्रदान गर्दा अझ गम्भीर हुनेछ।’

अन्तर्राष्ट्रिय मान्यताअनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न निर्वाचनका सन्दर्भमा क्षेत्राधिकार बाहिरका कतिपय विषयसमेत संलग्न गरी ईयूले निर्वाचन पर्यवेक्षण प्रतिवेदन तयार गरेको आयोगको ठहर छ।

ईयूले मंगलबार ‘प्रतिनिधिसभा र प्रदेशसभाको जातीय संरचनासम्बन्धी आरक्षण प्रणालीको प्रभावको समीक्षा गर्ने र समावेश गरिएका समूहबाट खस आर्यलाई हटाउने विषय पनि प्रतिवेदनमा सुझाव दिएपछि ईयू विवादमा तानिएको हो। ईयूले मंगलबारै निर्वाचन आयोगलाई प्रतिवेदन बुझाएको थियो।

अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramesh Wagle

    Democracy काे दुहाई दिने साम्राज्यवादीहरुले जातमा विभेद गरेर जातिय हिंसा भड्काएर फाईदा लुट्नु ठुलाे कुरा हाईन।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग
भ्रष्टाचार गरेको आरोपमा युरोपेली संसद् सदस्य पक्राउ
भ्रष्टाचार गरेको आरोपमा युरोपेली संसद् सदस्य पक्राउ
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी  ध्रुबे र राजु मास्टर पक्राउ
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी ध्रुबे र राजु मास्टर पक्राउ
वाम एकता र युवा सतर्कता
वाम एकता र युवा सतर्कता
३३० तहको मतपरिणाम घोषणाः चार तह आउन बाँकी
३३० तहको मतपरिणाम घोषणाः चार तह आउन बाँकी
नारायणकाजीले दिए एकताको फर्मुला, ओली प्रधानमन्त्री प्रचण्ड के बन्लान ? (भिडियोसहित)
नारायणकाजीले दिए एकताको फर्मुला, ओली प्रधानमन्त्री प्रचण्ड के बन्लान ? (भिडियोसहित)
प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो,जलहरी प्रकरणमा मेरो सम्बन्ध : छैन्   ओली
प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो,जलहरी प्रकरणमा मेरो सम्बन्ध : छैन् ओली