ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२६ पटक हेरिएको
Shares
ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना

सारांश

  • लण्डन, बेलायत, ११ चैत्र।
  • विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गर्नुभएको छ ।
  • “फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ ।

लण्डन, बेलायत, ११ चैत्र।

विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गर्नुभएको छ ।

“फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ । यदि यो गर्न सक्दैनौ भने हामी योग्य हुन सक्दैनौ ।”

‘सन् २०१४ मा फेसबुकका लाखौँ प्रयोगकर्ताको तथ्याङ्क चुहिएको’ विश्वविद्यालयका अनुसन्धाताले गरेको जाँचबुझबाट थाहा भएको जुकरबर्गले उक्त विज्ञापनमा स्वीकार गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “यो घटना विश्वासप्रतिको धोखा हो र त्यस समयमा केही गर्न नसकेकोमा म क्षमा याचना गर्न चाहन्छु । हामीबाट यस किसिमको गल्ती पुनः हुने छैन भन्ने निश्चित गर्न आवश्यक कदम चालिसकिएको जानकारी गराउन चाहन्छु ।”

बेलायती राष्ट्रिय पत्रपत्रिकामा छापिएको उक्त बिषय यूरोप, अमेरिकालगायतका क्षेत्रमा फेसबुकबाट भएको कमजोरीका बारेमा अनुसन्धान थालिएपछि फेसबुकको सेयरमा आएको गिरावटसँगै जुकरवर्गद्वारा गत हप्ता सार्वजनिकरूपमा दिएका अभिव्यक्तिसँग मेल खाने खालका छन् ।

जुकरवर्गले भन्नुभएको छ, “अहिले फेसबुकले नियम परिवर्तन गरिसकेको छ त्यसैले अव यस्ता गल्ती भविष्यमा हुने छैनन् ।”

उहाँले लेख्नुभएको छ, “हामीले यो समस्या समाधान हुनुपूर्व ठूलो सङ्ख्याको तथ्याङ्कमा पहुँच राख्ने हरेक एपमाथि खोजी गरिरहेका छौँ । जव हामी पत्ता लगाउने छौँ तिनीहरूमाथि रोक लगाउने छौँ र प्रभावित सवैलाई जानकारी गराउने छौँ ।”

यद्यपि उक्त विज्ञापनमा तथ्याङ्क प्रयोग गरेको भनी आरोप लागेको ‘क्याम्ब्रिज एनालिटिका’ नामक बेलायती फर्मबारे केही उल्लेख गरिएको छैन । उक्त संस्थाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ का बिषयमा काम गरेको थियो । सम्भावित तथ्याङ्क चुहावटबारे आएका खबरमा आधारित बनेर उक्त संस्थाले पनि अनुसन्धानकर्ता अलेक्जेन्डर कोगानको आलोचना गरेको छ ।

कोगानले फेसबुकका लागि जीवनस्तरबारे प्रश्नत्तर गर्ने एप निर्माण गरेका थिए जसलाई करिब दुई लाख ७० हजार मानिसले डाउनलोड गरेका थिए तर यसमा दसौँ लाख फेसबुक प्रयोगकर्तासँग पहुँच दिइएको थियो ।

फेसबुकले कोगानले उक्त सूचनालाई ‘क्याम्ब्रिज एनालिटिका’ नामक बेलायती अनुसन्धान फर्मलाई दिएको बताएको छ । तर कोगानले आँफूलाई यस प्रकरणमा फसाइएको बताउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई
चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई
असार ८ गते सोमबारको राशिफल यस्तो छ
असार ८ गते सोमबारको राशिफल यस्तो छ
बझाङमा एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनलाई झण्डै ५ हजारको अग्रता
बझाङमा एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनलाई झण्डै ५ हजारको अग्रता
केन्द्रमा तालमेल, जिल्लामा बेमेल
केन्द्रमा तालमेल, जिल्लामा बेमेल
औषधि उपचार र आर्थिक सहायताका नाममा सरकारले बाँड्यो ७ करोड !
औषधि उपचार र आर्थिक सहायताका नाममा सरकारले बाँड्यो ७ करोड !
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होईन सलमानले गरेका हुन !
रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होईन सलमानले गरेका हुन !
देउवा सरकारले ल्याएको अध्यादेश डा. केसीको मागअनुसार  हुबहु जारी
देउवा सरकारले ल्याएको अध्यादेश डा. केसीको मागअनुसार हुबहु जारी
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित
भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

तपाईंले छुटाउनुभयो कि?