कोरोना संक्रमणका कारण पूर्वन्यायाधीशसहित थप १० जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १६, २०७७
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।
  • कोरोना संक्रमणको कारण पूर्वन्यायाधीश माधवप्रसाद चालिसे सहित १० जनाको मृत्यु भएको पुष्टि भएको हो ।
  • ७० वर्षीय पूर्वन्यायाधीश चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण पूर्वन्यायाधीश माधवप्रसाद चालिसे सहित १० जनाको मृत्यु भएको पुष्टि भएको हो । ७० वर्षीय पूर्वन्यायाधीश चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । चालिसे ५ दिनदेखि गंगालालमा उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौं निवासी चालिसे तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट अवकाश हुनुभएको हो ।

यस्तै, कोरोना संक्रमणबाट केन्द्रीय कारागार सुन्धाराका १ कैदीको मृत्यु भएको छ । कारागारका ३ कैदीको मृत्यु भएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जेलर लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । मेगा अस्पतालमा मृत्यु भएका कैदीमा कोरोना पुष्टी भएको हो । केन्द्रीय कारागारका ५२ जना कैदीबन्दी र कारागारको सुरक्षामा कार्यरत ५६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उता, चितवनमा कोरोना कारण १८ वर्षीया युवती सहित ४ जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकाकी १८ वर्षीया युवती, ६५ र ७८ बर्षीय २ पुरुष र खैरहनी नगरपालिकाकी ५५ वर्षीया महिला रहेका छन् ।

यस्तै कोरोनाबाट वीरगञ्जमा थप ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्जमा उपचार गराइरहेका वीरगञ्ज महानगरपालिकाका ५३ वर्षीय पुरुष र बाराको कोल्भी गाउँपालिकाका ६० वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।

त्यस्तै, पर्सामा नै नाम, ठेगाना नखुलेको १ जना बेवारिसे पुरुषको पनि कारोनाको कारण मृत्यु भएको छ । गत भदौ १३ गते सडकमा वेवारिसे अवस्थामा भेटिएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, हिजो साँझ मृत्यु भएका धरानका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका वडा नं. ११ बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेता पौडेललाई मतगणनाका मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
मतदाता नामावली सङ्कलन हुँदै
मतदाता नामावली सङ्कलन हुँदै
२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पोखरा
२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पोखरा
कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी–नेता ओली
कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी–नेता ओली
चर्को ब्याजको समस्या हल गर्न सांसदको माग
चर्को ब्याजको समस्या हल गर्न सांसदको माग
सलमान खानको स्वयंवर ! यी दुई सुन्दरीमा कसलाई रोजे सलमानले ? (भिडियोसहित)
सलमान खानको स्वयंवर ! यी दुई सुन्दरीमा कसलाई रोजे सलमानले ? (भिडियोसहित)
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
मोरङ११ लाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
राजा आउ भन्दै सडकमा प्रदर्शन भएपछि मन्त्री त्रिपाठीको  जवाफ
राजा आउ भन्दै सडकमा प्रदर्शन भएपछि मन्त्री त्रिपाठीको जवाफ

तपाईंले छुटाउनुभयो कि?