शेयर बजार परिसूचक ५२ अंकले घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
शेयर बजार परिसूचक ५२ अंकले घट्यो

सारांश

  • काठमाडौं, चैत १२ – शेयरबजार परिसूचक नेप्से सोमबार पनि उच्च दरले घटेको छ ।
  • सोमबार एकैदिन नेप्से ५१ दशमलव ८९ बिन्दूले घटेर ११ सय ६८ दशमलव ५५ अङ्कमा ओर्लिएको हो ।
  • सोमबार बजार खुले लगत्तै घट्न थालेको नेप्से ४० मिनेटमा ३ प्रतिशत भन्दा बढी घटेपछि सर्किट ब्रेक लागेर १५ मिनेटका लागि कारोबार रोकिएको थियो ।

काठमाडौं, चैत १२ – शेयरबजार परिसूचक नेप्से सोमबार पनि उच्च दरले घटेको छ ।

सोमबार एकैदिन नेप्से ५१ दशमलव ८९ बिन्दूले घटेर ११ सय ६८ दशमलव ५५ अङ्कमा ओर्लिएको हो । सोमबार बजार खुले लगत्तै घट्न थालेको नेप्से ४० मिनेटमा ३ प्रतिशत भन्दा बढी घटेपछि सर्किट ब्रेक लागेर १५ मिनेटका लागि कारोबार रोकिएको थियो ।

फेरि खुलेको बजारमा पनि कम्पनीहरूको मूल्यमा लगातार गिरावट आएपछि नेप्से उच्च बिन्दूले तल ओर्लिएको हो । सोमबार १ सय ५७ ओटा कम्पनीको सयेर किनबेच भएकोमा दुईओटा बाहेक अरु सबै कम्पनीको सेयर मूल्य घटेको छ । आज १३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा घटेको छ । १ सय ५७ कम्पनीको ४७ करोड ३३ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

यसअघि २०७२ साल पुस ३० गते नेप्से ११ सय ९० बिन्दुमा थियो । सोमबार दुई वर्षअघिको भन्दा पनि तलको बिन्दुमा पुगेको हो । कारोबार सुरु भएको १ घन्टामा नेप्सेमा ३ प्रतिशतभन्दा बढीको घटबढ भएमा सर्किट ब्रेक लगाएर कारोबार रोक्ने गरिन्छ ।

नयाँ सरकार गठन भएदेखि नेप्से लगातारजसो घटिरहेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विराटनगरमा कम्पनीहरूको वित्तीय अवस्था बुझेरमात्रै सेयरमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।

लगानीकर्ता अर्थमन्त्रीको सुझावलाई नकारात्मक रूपमा बुझ्दा सोमबार बजार सर्किट ब्रेक लाग्ने गरी घटेको विष्लेषण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
देउवालाई भ्याइनभ्याई, नेता देखि राजदूतको बुढानिलकण्ठ दौडधूप
देउवालाई भ्याइनभ्याई, नेता देखि राजदूतको बुढानिलकण्ठ दौडधूप
यसकारण भिम रावल पार्टी एकताप्रति असन्तुष्ट !
यसकारण भिम रावल पार्टी एकताप्रति असन्तुष्ट !
सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो
सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने
भारतीय प्रधानमन्त्रीद्वारा बाढी प्रभावित बिहारको हवाई निरीक्षण
भारतीय प्रधानमन्त्रीद्वारा बाढी प्रभावित बिहारको हवाई निरीक्षण

तपाईंले छुटाउनुभयो कि?