सयौं कम्पनीका लाइसेन्स खारेज गर्ने सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ३ वैशाख  ।
  • सरकारले विद्युत उत्पादन र सर्वेक्षण अनुमतिपत्र लिएका चार सयभन्दा बढी जलविद्युत योजनाहरूमध्ये अधिकांशको अनुमतिपत्र दद्द गर्ने तयारी गरेको छ ।
  • अधिकांश कम्पनीहरु काम नगरी विद्युत् उत्पादन क्षेत्र ओगटेर बसेको पाइएकाले तिनीहरुको अनुमतिपत्र रद्द गर्ने तयारी अगाडि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, ३ वैशाख  । सरकारले विद्युत उत्पादन र सर्वेक्षण अनुमतिपत्र लिएका चार सयभन्दा बढी जलविद्युत योजनाहरूमध्ये अधिकांशको अनुमतिपत्र दद्द गर्ने तयारी गरेको छ ।

अधिकांश कम्पनीहरु काम नगरी विद्युत् उत्पादन क्षेत्र ओगटेर बसेको पाइएकाले तिनीहरुको अनुमतिपत्र रद्द गर्ने तयारी अगाडि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न कडा रुपमा प्रस्तुत हुने ऊर्जा मन्त्रालयले नीति लिएको मन्त्रालयका एक अधिकारीले बताए ।

ऊर्जा मन्त्री वर्षमान पुनले पनि काम नगर्नेहरूलाई खारेज गरी काम गर्ने आयोजनाहरुलाई अनुमति दिने व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?